बाढीले बाध भत्काउँदा तिलाठी कोइलाडीको  एक सय ५० घर डुवानमा, ६ घर ढले

राजविराज राजविराज
|
बुधबार, भाद्र २, २०७८
|
|
७१ पटक हेरिएको
Shares
बाढीले बाध भत्काउँदा तिलाठी कोइलाडीको  एक सय ५० घर डुवानमा, ६ घर ढले

सारांश

  •     सोमबार रातीदेखी परेको वर्षाका कारण मंगलबार बिहान १० बजे दलित वस्तीमा पानी पस्दा खंग टोल, राम टोल र सरदार टोलका १ सय ५० घर डुवानमा परेको हो ।
  •       बाढीले फुसको संरचना भएका ६ वटा घर समेत ढलेका छन् ।
  • बाढीले सो वडा र आसपासका करिब सयौं विगहा धान खेत समेत डुवानमा परि लाखौंको अन्नबाली नोक्सान भएको छ ।

दैनिक समाचारदाता
राजविराज, १ भदौं । 
    जिता नदीमा आएको बाढीले तटबन्ध भत्काउदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ स्थित को. बर्साइनको दलित वस्तीमा पानी पस्दा १ सय ५० घर डुवानमा परेको छ । 
    सोमबार रातीदेखी परेको वर्षाका कारण मंगलबार बिहान १० बजे दलित वस्तीमा पानी पस्दा खंग टोल, राम टोल र सरदार टोलका १ सय ५० घर डुवानमा परेको हो । 
    बाढीले फुसको संरचना भएका ६ वटा घर समेत ढलेका छन् । बाढीले सो वडा र आसपासका करिब सयौं विगहा धान खेत समेत डुवानमा परि लाखौंको अन्नबाली नोक्सान भएको छ । बस्तीका घर घरमा बाढीको पानी पसेपछि पीडितहरु पशु चौपाया र सम्पत्ति जोगाउन सुरक्षित स्थानतर्फ लागेका छन् । 
    गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बाध भत्किएर बस्तीमा पानी पसेपछि राहत तथा उद्धारका लागि पीडितहरुको नामावली संकलन तथा राहत उपलब्ध गराउन आवश्यक पहल सुरु गरिएको बताएका छन् ।
    उनले पहिले अति प्रभावित र जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा पुर्‍याउने काम थालेको तथा बाढी प्रभावित घरधनीहरुको नामावली संकलनका लागि गाउँपालिकाबाट कृषि विकास अधिकृत उदयकान्त झाको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीलाई परिचालन गरिएको जानकारी दिए ।
    बाढी प्रभावित क्षेत्रमा निरिक्षणका लागि पुगेका गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले तटबन्ध भत्किएपछि पसेको बाढीले ६ घर ढलेको तथा घरमा पानी पस्दा खाना पकाउन तथा खानेपानीको ट्यूबेल डुबानमा पर्दा स्वच्छ खानेपानीको समस्या उत्पन्न भएको जानकारी दिए ।
    यता बस्तीमा बाढी पसेको भनी प्रहरी चौकी को. बर्साइनबाट जानकारी प्राप्त हुनासाथ गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र साह सहितको टोलीले डुबानमा परेको वस्तीको घरघर गएर अवस्थाको अवलोकन गरेका छन् । 
    वर्षायाममा जिल्लास्थित खाडो, जिता, त्रियुगा, खडक, सप्तकोशी लगायतका नदीमा आउने बाढीले जिल्लामा ठूलो जनधनको क्षति हुने गरेको छ । यसरी हरेक वर्ष ती नदी खोलाहरुमा आउने बाढीका कारण हुने क्षतिप्रति तथा त्यसको समाधानका लागि दिर्घकालिन नीति बनाउनु आवश्यक रहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नगरपालिका वडा नं. ८ र ९ मा कमिटी गठन 
राजविराज नगरपालिका वडा नं. ८ र ९ मा कमिटी गठन 
योग्य खेलाडी उत्पादन तथा प्रदेशलाई माथि उठाउन विभिन्न योजना अघि बढेको छ ः मन्त्रि यादव
योग्य खेलाडी उत्पादन तथा प्रदेशलाई माथि उठाउन विभिन्न योजना अघि बढेको छ ः मन्त्रि यादव
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ
विभिन्न पार्टी परित्याग गरि एक दर्जन जसपा प्रवेश
विभिन्न पार्टी परित्याग गरि एक दर्जन जसपा प्रवेश
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
चिसो बढेपछि दाउरा बाड्दै वन र गाउँपालिका, सप्तकोशीका सबै विद्यालय बन्द
चिसो बढेपछि दाउरा बाड्दै वन र गाउँपालिका, सप्तकोशीका सबै विद्यालय बन्द
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान 
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान 
लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो, प्रहरी प्रशासन मौन
लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो, प्रहरी प्रशासन मौन
नेकपा एसको वडा कमिटि गठन
नेकपा एसको वडा कमिटि गठन
बाघको आक्रमण तथा नियन्त्रणमा लिने प्रयासमा आधा दर्जन घाइते
बाघको आक्रमण तथा नियन्त्रणमा लिने प्रयासमा आधा दर्जन घाइते

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी