बाढीले बाध भत्काउँदा तिलाठी कोइलाडीको  एक सय ५० घर डुवानमा, ६ घर ढले

राजविराज राजविराज
|
बुधबार, भाद्र २, २०७८
|
|
४६ पटक हेरिएको
Shares
बाढीले बाध भत्काउँदा तिलाठी कोइलाडीको  एक सय ५० घर डुवानमा, ६ घर ढले

सारांश

  •     सोमबार रातीदेखी परेको वर्षाका कारण मंगलबार बिहान १० बजे दलित वस्तीमा पानी पस्दा खंग टोल, राम टोल र सरदार टोलका १ सय ५० घर डुवानमा परेको हो ।
  •       बाढीले फुसको संरचना भएका ६ वटा घर समेत ढलेका छन् ।
  • बाढीले सो वडा र आसपासका करिब सयौं विगहा धान खेत समेत डुवानमा परि लाखौंको अन्नबाली नोक्सान भएको छ ।

दैनिक समाचारदाता
राजविराज, १ भदौं । 
    जिता नदीमा आएको बाढीले तटबन्ध भत्काउदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ स्थित को. बर्साइनको दलित वस्तीमा पानी पस्दा १ सय ५० घर डुवानमा परेको छ । 
    सोमबार रातीदेखी परेको वर्षाका कारण मंगलबार बिहान १० बजे दलित वस्तीमा पानी पस्दा खंग टोल, राम टोल र सरदार टोलका १ सय ५० घर डुवानमा परेको हो । 
    बाढीले फुसको संरचना भएका ६ वटा घर समेत ढलेका छन् । बाढीले सो वडा र आसपासका करिब सयौं विगहा धान खेत समेत डुवानमा परि लाखौंको अन्नबाली नोक्सान भएको छ । बस्तीका घर घरमा बाढीको पानी पसेपछि पीडितहरु पशु चौपाया र सम्पत्ति जोगाउन सुरक्षित स्थानतर्फ लागेका छन् । 
    गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बाध भत्किएर बस्तीमा पानी पसेपछि राहत तथा उद्धारका लागि पीडितहरुको नामावली संकलन तथा राहत उपलब्ध गराउन आवश्यक पहल सुरु गरिएको बताएका छन् ।
    उनले पहिले अति प्रभावित र जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा पुर्‍याउने काम थालेको तथा बाढी प्रभावित घरधनीहरुको नामावली संकलनका लागि गाउँपालिकाबाट कृषि विकास अधिकृत उदयकान्त झाको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीलाई परिचालन गरिएको जानकारी दिए ।
    बाढी प्रभावित क्षेत्रमा निरिक्षणका लागि पुगेका गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले तटबन्ध भत्किएपछि पसेको बाढीले ६ घर ढलेको तथा घरमा पानी पस्दा खाना पकाउन तथा खानेपानीको ट्यूबेल डुबानमा पर्दा स्वच्छ खानेपानीको समस्या उत्पन्न भएको जानकारी दिए ।
    यता बस्तीमा बाढी पसेको भनी प्रहरी चौकी को. बर्साइनबाट जानकारी प्राप्त हुनासाथ गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र साह सहितको टोलीले डुबानमा परेको वस्तीको घरघर गएर अवस्थाको अवलोकन गरेका छन् । 
    वर्षायाममा जिल्लास्थित खाडो, जिता, त्रियुगा, खडक, सप्तकोशी लगायतका नदीमा आउने बाढीले जिल्लामा ठूलो जनधनको क्षति हुने गरेको छ । यसरी हरेक वर्ष ती नदी खोलाहरुमा आउने बाढीका कारण हुने क्षतिप्रति तथा त्यसको समाधानका लागि दिर्घकालिन नीति बनाउनु आवश्यक रहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने जनमतको चेतावनी
माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने जनमतको चेतावनी
एकै वडाका तीन बालिकाको डुबेर मृत्यु 
एकै वडाका तीन बालिकाको डुबेर मृत्यु 
कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान
कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
सहकारी संस्थाहरुले दिइरहेको सेवाप्रति सम्बन्धीत निकायले प्रोत्साहित गर्नु पर्नेमा जोड
सहकारी संस्थाहरुले दिइरहेको सेवाप्रति सम्बन्धीत निकायले प्रोत्साहित गर्नु पर्नेमा जोड
विवाह दर्ता र नागरिकता बनाईदिन  आग्रह गर्दा पतिद्वारा फोनबाटै ‘तलाक’
विवाह दर्ता र नागरिकता बनाईदिन  आग्रह गर्दा पतिद्वारा फोनबाटै ‘तलाक’
दलित विपन्न परिवारलाई सुरक्षित भवन हस्तान्तरण 
दलित विपन्न परिवारलाई सुरक्षित भवन हस्तान्तरण 
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
गणतन्त्र दिवसमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरिने ः संचारमन्त्री लेखी 
गणतन्त्र दिवसमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरिने ः संचारमन्त्री लेखी 
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर