दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
बाघको आक्रमणबाट सोमबार सप्तरीमा तीन जना घाइते भएका छन् । बिहान सप्तकोशी नगरपालिका १ फत्तेपुरको खोरिया बस्तीमा प्रवेश गरेको बाघले आक्रमण गर्दा उक्त बस्तीका गणेश खत्री, कृष्ण विष्ट र रिजन गोसाई घाइते भएका छन् ।
बिष्ट र गोसाईलाई उपचारका लागि बिराटनगर लगिएको छ भने खत्रीको फत्तेपुरस्थित मोडल हस्पिटलमा उपचार भइरहेको छ । बिहान ६ बजेतिर बाघ उक्त बस्तीमा प्रवेश गरेपछी स्थानीयबीच भागाभाग मच्एिको थियो ।
घर बाहिर बाघ घुमिरहेको चाल नपाई निस्केका खत्री, विष्ट र गोसाई माथी अचानक बाघले आक्रमण गरेको थियो ।
बाघलाई नियन्त्रणमा लिन स्थानीयले सुरक्षाकर्मी, वन कार्यालय तथा कोशी टप्पु बन्य जन्तु आरक्ष प्रशासनलाई गुहारेका थिए । त्यसपछी सुरक्षाकर्मी, वन कार्यालका प्राविधीक तथा स्थानीय समेत मिलेर बाघलाई नियन्त्रणमा लिने प्रयास थालेको थियो ।
बाघलाई जालमा पारेर समाउने क्रममा स्थानीय स–मिलमा काम गर्ने तीन जना कामदार समेत सामान्य घाइते समेत प्रहरी चौकी फत्तेपुरका इन्चार्ज पन्नालाल चौधरीले बताए । सोमबार साँझ ५ बजेतिर उक्त बस्तीका भरत विष्टको घरमा पसेको बाघलाई अहिले सोही घरमा ढोका थुनेर राखिएको तथा आरक्षको विज्ञ टोली आएपछी त्यसको उचित व्यवस्थापन गरिने तयारी रहेको प्रहरीले जनाएको छ ।
बाघको आक्रमण तथा नियन्त्रणमा लिने प्रयासमा आधा दर्जन घाइते
सारांश
- बिष्ट र गोसाईलाई उपचारका लागि बिराटनगर लगिएको छ भने खत्रीको फत्तेपुरस्थित मोडल हस्पिटलमा उपचार भइरहेको छ ।
- बिहान ६ बजेतिर बाघ उक्त बस्तीमा प्रवेश गरेपछी स्थानीयबीच भागाभाग मच्एिको थियो ।
- घर बाहिर बाघ घुमिरहेको चाल नपाई निस्केका खत्री, विष्ट र गोसाई माथी अचानक बाघले आक्रमण गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया