चन्दा उठाएर भारोत्तोलन खेलाडी  प्रतियोगितामा सहभागि हुन प्रस्थान

राजविराज राजविराज
|
सोमबार, श्रावण २७, २०७६
|
|
१७ पटक हेरिएको
Shares
चन्दा उठाएर भारोत्तोलन खेलाडी  प्रतियोगितामा सहभागि हुन प्रस्थान

सारांश

  •     जिल्ला खेलकुद विकास समितिका पदाधिकारीबीचको विवादले खेलकुद गतिविधि ठप्प प्राय बनेको छ भने अन्यत्रको जिल्लामा हुने महत्वपूर्ण प्रतियोगितामा सहभागि हुन आवश्यक रकमका लागि यहाँका खेलाडी चन्दाको सहारा लिनुपर्ने अवस्था आएको छ ।
  •       जिल्ला खेलकुद विकास समिति सप्तरीको कार्यालयमा जेठ ४ गतेदेखी भएको तालाबन्दी अहिलेसम्म खुलेको छैन् ।
  •       कार्यालयनै बन्द रहेका कारण खर्च जुटाउन नसकेपछि आर्थिक सहयोग संकलन गरि खेलाडी लिएर काठमाडौंतर्फ जान लागेको भारोत्तोलनका प्रशिक्षक पुन्तिलाल यादवले सुनाए ।

दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
    काठमाडौंमा साउन २८ गतेदेखी सुरु हुने सुनिललाल जोशी मेमोरियल राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा सहभागि हुनका लागि चन्दा उठाएर ११ खेलाडीसहित १२ सदस्यीय भारोत्तोलन सप्तरी टोली सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । 
    जिल्ला खेलकुद विकास समितिका पदाधिकारीबीचको विवादले खेलकुद गतिविधि ठप्प प्राय बनेको छ भने अन्यत्रको जिल्लामा हुने महत्वपूर्ण प्रतियोगितामा सहभागि हुन आवश्यक रकमका लागि यहाँका खेलाडी चन्दाको सहारा लिनुपर्ने अवस्था आएको छ । 
    जिल्ला खेलकुद विकास समिति सप्तरीको कार्यालयमा जेठ ४ गतेदेखी भएको तालाबन्दी अहिलेसम्म खुलेको छैन् । 
    कार्यालयनै बन्द रहेका कारण खर्च जुटाउन नसकेपछि आर्थिक सहयोग संकलन गरि खेलाडी लिएर काठमाडौंतर्फ जान लागेको भारोत्तोलनका प्रशिक्षक पुन्तिलाल यादवले सुनाए । एक महिना अघिदेखी नै समितिका जिम्मेवार पदाधिकारीहरुलाई प्रतियोगितामा सहभागि हुन आवश्यक खर्च सहयोगका लागि आग्रह गरे पनि कसैले चासो नदेखाउँदा बाध्य भई चन्दा सहयोग संकलन गरि खेलाडीहरुलाई सहभागिका लागि लिएर जान लागेको उनको भनाई छ । 
    खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै आएको र महिनौदेखी आफ्नै प्रयासमा अभ्यास गरि प्रतियोगितामा सहभागिताका लागि तयार गरेको बताउँदै उनले जाने बेलामा पनि समितिका पदाधिकारीले कुनै वास्ता नगरेका कारण सहयोग संकलन जुटाएर लानु परेको पीडा सुनाए । 
    यता खेलाडी पठाउनका लागि नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवले १५ हजार तथा छोटु स्टेश्नरी एण्ड सप्लायर्सले १० हजार रुँपैया सहयोग गरेका छन् ।
    आगामी १५ मंसिरदेखी नेपालमा १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता हुने तय भइसकेको छ । भारोत्तोलनका खेलाडी सरिता यादवले सो प्रतियोगितामा स्वर्ण पदक जित्ने र ओलम्पिकमा सहभागि हुने लक्ष्य रहेको बताए । तर, अहिलेको अवस्थाले निराश र दुःखी दुबै बनाएकोले उनी निरास छिन् । 
    प्रशिक्षक पुन्तिलाल यादवले भारोत्तोलनका थुप्रै राम्रा खेलाडी रहेको बताउँदै आवश्यक बजेट, खेलकुदमा राजनीति र खेलकुदका पदाधिकारीबीचको विवादका कारण खेलकुद गतिविधि ठप्प भएपछि खेलाडी नै पलायन हुने अवस्था रहेकोमा दुःख व्यक्त गरे । 
    जिल्ला खेलकुद विकास समितिमा उपाध्यक्ष धिरेन्द्र बर्मा धिरु लगायत बहुमत पदाधिकारीले अध्यक्ष अमर खवासले ब्यवस्थापकीय कमजोरी गरेको र लामो समयदेखी समितिको आयव्यय सार्वजनिक नगरेको भन्दै जेठ ४ गते समितिमा तालाबन्दी गरेका थिए । तीन महिना बित्न लाग्दा पनि ताला खोलाउनका लागि कतै कुनै निकायबाट ठोस पहल नभएका कारणले जिल्लामा खेलकुद गतिविधि ठप्प प्राय छ भने खेलाडीहरुमा निरासा छाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई भारतीय युवकसहित तीन जना लागु औषधसहित पक्राउ 
दुई भारतीय युवकसहित तीन जना लागु औषधसहित पक्राउ 
नापी कार्यालयले जग्गाधनीको नाममा लगत कायम गर्न ढिलाई गरेको गुनासो
नापी कार्यालयले जग्गाधनीको नाममा लगत कायम गर्न ढिलाई गरेको गुनासो
वडा सदस्यको निधनमा शोक विदा
वडा सदस्यको निधनमा शोक विदा
नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ
नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन जनप्रतिनीधिको सामाजिक दायित्व हो ः प्रमुख साह
होली परम्परा धान्दै मारवाडी समुदाय
होली परम्परा धान्दै मारवाडी समुदाय
सप्तरीमा १ सय १० जना भुमिहिनले पाए जग्गाधनी पुर्जा
सप्तरीमा १ सय १० जना भुमिहिनले पाए जग्गाधनी पुर्जा
सोह्र महिनादेखी लगाइएको ताला  फुटाइए लगत्तै पुनः लगाइए अर्को ताला 
नागरिकता नभएका २५ गरिव तथा मजदुर परिवारलाई नेपाल परिवार दलको राहत
नागरिकता नभएका २५ गरिव तथा मजदुर परिवारलाई नेपाल परिवार दलको राहत
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन