दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीताका लागी प्रदेश स्तरिय महिला क्रिकेट छनोट प्रतियोगता राजविराजमा हुने भएको छ ।
सो प्रतियोगिता मंसिर २८ गते देखि राजबिराजस्थित राजरंगशाला मैदान हुने सप्तरी क्रिकेट संघका अध्यक्ष एवं प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन ।
उक्त छनोट प्रतियोगितामा प्रदेश २ का ८ जिल्ला सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्साको सहभागिता रहेछन् भने सो प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनौट भई प्रदेश २ महिला क्रिकेट टोली चयन गरिने क्रिकेट संघका प्रदेश सचिव श्रेष्ठले जानकारी दिए ।
सो टोलीले पुस ११ गतेदेखि दाङको लमहीमा संचालन हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सप्तरी क्रिकेट संघका सचिव चन्दन यादवले जानकारी दिए ।
यसअघि प्रदेश स्तरिय प्रतियोगिताका लागि नितु कुमारी चौधरीको नेतृत्वमा सप्तरी महिला क्रिकेट टोली घोषणा गरिएको छ । सो टोलीमा अंजली चौधरी, सीता चौधरी, सृजना चौधरी, सन्जना चौधरी, नबिता चौधरी, निरूता चौधरी, संगिता चौधरी, मंजु कुमारी राम, रबिना चौधरी, संतोषी चौधरी, दिपमाला चौधरी, सुस्मिता चौधरी, कृति चौधरी प्रियंका चौधरी चयन भएका छन् ।
यसैबीच मंसिर २५ गते हुन लागेको प्रदेश स्तरिय छनोट क्रिकेट प्रतियोगिताका महबुब आलमको नेतृत्वमा सिनियर (पुरूष) सप्तरी क्रिकेट टिमको घोषणा गरिएको छ ।
सो टोलीमा रोहित सिंह (उपकप्तान), बिवेक यादब, रोहन बिक, अमित यादब, बिकास दास, गुणानन्द राय, आशिष झा, रोबिन सिंह, सिमान्त राय, अनुज यादब, अजय यादब, निरज यादब, अमित दासलाई चयन गरिएको छ । यसैगरी बैकल्पिक खेलाडीमा राहुल मण्डल, अनिल यादब, गोमानन्द अमात्य, दिपेश सरदारलाई चयन गरिएको सप्तरी क्रिकेट संघका सचिव यादबले जानकारी दिए ।
त्यस्तै प्रदेश २ का लागि पुरूष तर्फको क्रिकेट छनोट प्रतियोगिता मंसिर २५ देखि धनुषाको जनकपुर र बाराको कलैयामा हुनेछ । सो प्रतियोगिताबाट प्रदेश २ पुरुष क्रिकेट टिमको चयन गरिने र चयन गरिएको टोलीले पुस ११ गतेदेखी काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छन् ।
सप्तरी क्रिकेट संघले मंसिर १७ गते देखि २० गते सम्म संचालन गरेको बन्द प्रशिक्षणबाट महिला र पुरुष क्रिकेट टोलीको चयन गरेको हो ।
प्रधानमन्त्री कपका लागि प्रदेश स्तरिय महिला क्रिकेट छनौट प्रतियोगिता राजबिराजमा हुदै
सारांश
- सो प्रतियोगिता मंसिर २८ गते देखि राजबिराजस्थित राजरंगशाला मैदान हुने सप्तरी क्रिकेट संघका अध्यक्ष एवं प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन ।
- उक्त छनोट प्रतियोगितामा प्रदेश २ का ८ जिल्ला सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्साको सहभागिता रहेछन् भने सो प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनौट भई प्रदेश २ महिला क्रिकेट टोली चयन गरिने क्रिकेट संघका प्रदेश सचिव श्रेष्ठले जानकारी दिए ।
- सो टोलीले पुस ११ गतेदेखि दाङको लमहीमा संचालन हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सप्तरी क्रिकेट संघका सचिव चन्दन यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया