राजविराज÷नेपाल सहकारी संस्था लिमिटेड राजविराजले शनिबार २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष शत्रुध्न प्रसाद गुप्ताले संघीय सरकारले सुरु गरेको सहकारी तथा गरिबी निवारण सूचना प्रणाली कोपोमिसबाट सहकारीको तथ्याङ्क संकलन गर्ने सिलसिलामा संस्थाले पनि सो प्रणालीमा आवद्ध भई तथ्याङ्क प्रविष्ट गर्ने काम सूचारु गरेको जानकारी दिएका छन् ।
अध्यक्ष गुप्ताले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै कारोबारलाई छिटो तथा पारदर्शिताका साथ सेवा दिन कास सफ्टवेयर जडान गरेको तथा अझ प्रभावकारी सेवाका लागि चालु आ.ब.मा बेवसाइट निर्माण गर्न लागेको बताएका छन् ।
प्रतिवेदनमा गत आ.ब. २०७८÷७९ मा ३१ करोड ३६ लाख ५ हजार ६ सय शेयर पुँजी रहेको उल्लेख छ । त्यस्तै सोही आ.ब. मा ३६ करोड ८१ लाख १ हजार १२ रुँपैया ऋण लगानी, बचत निक्षेप २८ करोड ५३ लाख ९१ हजार ६ सय ७ रुँपैया ८ पैसा तथा संचालन नाफा १ करोड १४ लाख ४९ हजार ५ सय ८४ रुँपैया ३८ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका अध्यक्ष गुप्ताको अध्यक्षताम सम्पन्न सभामा संचालक समितिका सुरेन्द्र प्रसाद गुप्ता, मनोहर कुमार पोखरेल, राजकुमार यादव, रन्धिर कुमार कर्ण लगायतले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन ब्यवस्थापक शंकर प्रसाद साहले गरेका थिए ।
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो
सारांश
- प्रतिवेदनमा गत आ.
- ब.
- २०७८÷७९ मा ३१ करोड ३६ लाख ५ हजार ६ सय शेयर पुँजी रहेको उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया