सबल नेपाल २० औं बर्षमा प्रवेश

राजविराज राजविराज
|
बुधबार, कार्तिक ७, २०८१
|
|
४५ पटक हेरिएको
Shares
सबल नेपाल २० औं बर्षमा प्रवेश

सारांश

  •     सभामा संस्था सिनियर म्यानेजर अशोक साहले आ.
  • ब २०८०÷०८१ को बार्षिक प्रगति प्रतिवेदन तथा आ.
  • ब ०८१÷८२ को बार्षिक कार्यक्रम प्रस्तुुत गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक । 

    राजविराजस्थित सबल नेपाल नामक गैरसरकारी संस्थाले बुधबार आफ्नो १९ औ बार्षिक साधारण सभा गरेको छ ।
    सभामा संस्था सिनियर म्यानेजर अशोक साहले आ.ब २०८०÷०८१ को बार्षिक प्रगति प्रतिवेदन तथा आ.ब ०८१÷८२ को बार्षिक कार्यक्रम प्रस्तुुत गरेका थिए ।
    स्वस्थ र स्वच्छकर समाजको परिकल्पना गरी “जकर घरमे चर्पि नई ओकर घरमे शादी नई” भन्ने नाराका साथ स्थानिय युवाहरूद्वारा २०६२ साल कार्तिक ७ गतेदेखि स्थापना भएको संस्थाले विभिन्न आरोह अबरोह पार गर्दै २० बर्षमा प्रवेश गरेको हो ।
    संस्थाले आप्mनो स्थापनाको एक दशकपछि सामाजिक कार्यमा थप क्षेत्रमा प्रभाव पार्न समुदायको स्तरोन्तीका लागि स्वच्छता एवं सरसफाईसँगै पोषण, शिक्षा, स्वास्थ किशोरकिशोरी प्रजनन् स्वास्थ, महिला क्रिकेटको बिकास लगायतका बिषयमा जनचेतनामा अभिबृद्वि गर्दै समुदायमा सुधार ल्याउन कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष जुना गिरीले बताईन ।
    कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादबले सबल नेपालले सुमदायको हितमा निरन्तररूपमा क्रियाशिल भएर गरिरहेको कार्य प्रशंसा गरे ।
    सबल नेपालका अध्यक्ष जुना गिरीको अध्यक्षताका आयोजित उद्घाटन सत्रमा गैससका केन्द्रिय उपाध्यक्ष ध्रुव देव, गैसस सप्तरी उपाध्यक्ष बलेदव मण्डल, कोशी पीडित समाजका निर्देशक देव नारायण यादब, स्वेडक अध्यक्ष मिरा देव, सेभ द चिल्ड्रेन लगायतले सबल नेपाल अझै सवलीकरण हुँदै जाने शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 
    कार्यक्रममा स्वागत मन्तब्य परमेश्वर झाले तथा संचालन संस्थाका उपाध्यक्ष आयुष श्रेष्ठले गरेका थिए । उक्त अवसरमा संस्था २० बर्ष प्रवेश गरेकोमा केक काटेर खुशी सटासाट गरिएको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?