सप्तरीमा म्याद नाघेको वियर, चिसो पेय पदार्थ र खाद्य बस्तु नष्ट गरिँदै

राजविराज राजविराज
|
शुक्रबार, आश्विन ३०, २०७७
|
|
४५ पटक हेरिएको
Shares
सप्तरीमा म्याद नाघेको वियर, चिसो पेय पदार्थ र खाद्य बस्तु नष्ट गरिँदै

सारांश

  •     बजारमा खुलेआम अखाद्य बस्तु बिक्रि बितरण भइरहेको गुनासो आएपछि संयुक्त बजार अनुगमन टोलीले केही दिन यता थालेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका तथा अखाद्य बस्तु फेला पार्दै नष्ट गर्दैछ ।
  •       जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले बजारका विभिन्न होटल, किराना र मदिरा पसललाई लक्षित गरि अनुगमनलाई तिब्र बनाएको हो ।
  •       सो क्रममा म्याद गुज्रेका र भन्सार छलेर भारतबाट ल्याइएका खाने तेल, खाद्य सामाग्रि, खैनी बिडी, चिप्सका साथै स्प्राइट, फेन्टा, टुबर्ग र किंगफिसर ब्राण्डका बियरसहित ठूलो परिमाणमा अखाद्य बस्तु तथा खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको टोलीमा सहभागि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेश सिंहले बताए ।

दैनिक समाचारदाता
राजविराज, २९ असोज । 
    अहिले सप्तरीको बजारमा म्याद गुज्रेका वियर, चिसो पेय पदार्थ र खाद्य बस्तुको बिक्रि बढेसँगै अनुगमन टोलीको निगरानी समेत बढेको छ । 
    बजारमा खुलेआम अखाद्य बस्तु बिक्रि बितरण भइरहेको गुनासो आएपछि संयुक्त बजार अनुगमन टोलीले केही दिन यता थालेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका तथा अखाद्य बस्तु फेला पार्दै नष्ट गर्दैछ । 
    जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले बजारका विभिन्न होटल, किराना र मदिरा पसललाई लक्षित गरि अनुगमनलाई तिब्र बनाएको हो । 
    सो क्रममा म्याद गुज्रेका र भन्सार छलेर भारतबाट ल्याइएका खाने तेल, खाद्य सामाग्रि, खैनी बिडी, चिप्सका साथै स्प्राइट, फेन्टा, टुबर्ग र किंगफिसर ब्राण्डका बियरसहित ठूलो परिमाणमा अखाद्य बस्तु तथा खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको टोलीमा सहभागि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेश सिंहले बताए । 
    सात दिनको अवधीमा मात्रै करीब १५ लाख मुल्य बराबरको म्याद गुज्रिएका तथा अखाद्य बस्तु नियन्त्रणमा लिई नष्ट गरिएको उनको भनाई छ । अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य बस्तुले स्वास्थ्यमा पार्ने गम्भिर असरबारे पसलेलाई सम्झाउनुका साथै पसलमा मुल्य सूची चुस्त, दुरुस्त राख्न, खाद्यान्न प्याक गर्दा मुल्य र उपभोक्ता मिति राखेर मात्र बिक्रि गर्ने लगायतका निर्देशन समेत दिने गरिएको छ । 
    केही पसलेले उपभोग्य बस्तुको मनपरी मुल्य कायम गरि म्याद सकिएको सामान पनि बिक्रि बितरण गरिरहेको सूचना आएपछि पहिलो चरणमा जिल्ला भित्र रहेका मदिरा, किराना र होटललाई लक्षित गरि अनुमगन थालिएको र दोश्रो चारणमा यी बाहेकका अन्य पसलमा समेत अनुगमन गरिने तयारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । 
    संयुक्त अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, उद्योग बाणिज्य संघ, उपभोक्ता मञ्चलगायतका संघ संस्थाका प्रतिनिधि र संचारकर्मी समेत सहभागि छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकलौटी ढंगले व्यवस्थापन समिति गठन  गरेको भन्दै विद्यालयमा तालाबन्दी
एकलौटी ढंगले व्यवस्थापन समिति गठन  गरेको भन्दै विद्यालयमा तालाबन्दी
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
सामुहिक बलात्कारका अरोपी प्रहरी नियन्त्रणमा
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन
चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन
पत्रकार राई र यादव सम्मानित
पत्रकार राई र यादव सम्मानित
ठूलो जमघट, ठूलो स्वरमा डिजे  नबजाउन जिप्रकाको अनुरोध
ठूलो जमघट, ठूलो स्वरमा डिजे  नबजाउन जिप्रकाको अनुरोध
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
पुराना नेता तथा समाजसेवी  अमृतलाल रहेनन्
पुराना नेता तथा समाजसेवी  अमृतलाल रहेनन्

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु