दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
सप्तरीको कृष्णासवरण गाउँपालिकाकी एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक यूवकलाई फक्राउ गरेको छ । सो बलात्कारमा संलग्न अन्य आरोपीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सो गाउँपालिका १ की १९ वर्षिया एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा रुपनी गाउँपालिका वडा नं. ६ तेरहौता बस्ने २५ वर्षिय बेद प्रकाश मण्डललाई पक्राउ गरिएको छ ।
यता बलात्कारमा संलग्न अन्य आरोपीहरुको खोजी भइरहेको डिएसपी भवेश रिमालले जानकारी दिएका छन् ।
प्राप्त घटना विवरण अनुसार अघिल्लो दिन राती करिब ८ बजेतिर ती युवतीलाई ५÷६ जनाको समूहले जबरजस्ती तेरहौतास्थित एक विद्यालयको पछाडी लगि करणी गरेका थिए ।
पीडित यूवतीको स्वास्थ्य परिक्षण गराई पक्राउ परेका मण्डललाई सप्तरी जिल्ला अदालतबाट मंगलबार म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको तथा अन्य आरोपीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सामुहिक बलात्कारका अरोपी प्रहरी नियन्त्रणमा
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सो गाउँपालिका १ की १९ वर्षिया एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा रुपनी गाउँपालिका वडा नं.
- ६ तेरहौता बस्ने २५ वर्षिय बेद प्रकाश मण्डललाई पक्राउ गरिएको छ ।
- यता बलात्कारमा संलग्न अन्य आरोपीहरुको खोजी भइरहेको डिएसपी भवेश रिमालले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया