सामुहिक बलात्कारका अरोपी प्रहरी नियन्त्रणमा

राजविराज राजविराज
|
मंगलबार, जेठ ७, २०७६
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सो गाउँपालिका १ की १९ वर्षिया एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा रुपनी गाउँपालिका वडा नं.
  • ६ तेरहौता बस्ने २५ वर्षिय बेद प्रकाश मण्डललाई पक्राउ गरिएको छ ।
  •       यता बलात्कारमा संलग्न अन्य आरोपीहरुको खोजी भइरहेको डिएसपी भवेश रिमालले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ७ जेठ ।
    सप्तरीको कृष्णासवरण गाउँपालिकाकी एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक यूवकलाई फक्राउ गरेको छ । सो बलात्कारमा संलग्न अन्य आरोपीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सो गाउँपालिका १ की १९ वर्षिया एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा रुपनी गाउँपालिका वडा नं. ६ तेरहौता बस्ने २५ वर्षिय बेद प्रकाश मण्डललाई पक्राउ गरिएको छ । 
    यता बलात्कारमा संलग्न अन्य आरोपीहरुको खोजी भइरहेको डिएसपी भवेश रिमालले जानकारी दिएका छन् । 
    प्राप्त घटना विवरण अनुसार अघिल्लो दिन राती करिब ८ बजेतिर ती युवतीलाई ५÷६ जनाको समूहले जबरजस्ती तेरहौतास्थित एक विद्यालयको पछाडी लगि करणी गरेका थिए । 
    पीडित यूवतीको स्वास्थ्य परिक्षण गराई पक्राउ परेका मण्डललाई सप्तरी जिल्ला अदालतबाट मंगलबार म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको तथा अन्य आरोपीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?