हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न

राजविराज राजविराज
|
मंगलबार, माघ २८, २०७६
|
|
९२ पटक हेरिएको
Shares
हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न

सारांश

  •     नगरपालिकाको  परिसरमा प्रदेश नं.
  • २ को समाजिक बिकास मन्त्रालय र सहिद गंगालाल हृदय रोग शाखा जनकपुरको सहयोगमा हनुमाननगर कंकालिनी नगरपालिकाले आयोजना गरेको मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा करिब २ सय जना महिला पुरुषको उपचार गरिएको स्वास्थ्य सह–संयोजक रामदेव यादवले जानकारी  दिनुभयो ।
  •       सहिद गंगालाल हृदय रोग शाखा जनकपुरको मुटु रोग बिशेषज्ञ डाक्टर राजकुमार साहको नेतृत्वमा ४ जना स्वास्थ्यकर्मीहरुको टोलीले  उपचार  गरेको हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ।

दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक दिने  शुक्रवार मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर  सम्पन्न भएको छ  ।  
    नगरपालिकाको  परिसरमा प्रदेश नं. २ को समाजिक बिकास मन्त्रालय र सहिद गंगालाल हृदय रोग शाखा जनकपुरको सहयोगमा हनुमाननगर कंकालिनी नगरपालिकाले आयोजना गरेको मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा करिब २ सय जना महिला पुरुषको उपचार गरिएको स्वास्थ्य सह–संयोजक रामदेव यादवले जानकारी  दिनुभयो ।  
    सहिद गंगालाल हृदय रोग शाखा जनकपुरको मुटु रोग बिशेषज्ञ डाक्टर राजकुमार साहको नेतृत्वमा ४ जना स्वास्थ्यकर्मीहरुको टोलीले  उपचार  गरेको हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ।  
    सार्थै नर्सिङ परामेडिकसहित ११ जना स्वास्थ्यकर्मीहरुको उपस्थित रहेको थियो  ।  
सो क्रममा मुटुरोग सम्बन्धि उपचार गरिएका २ सय जनालाई निःशुल्क औषधी समेत बितरण गरिएको छ । त्यस निःशुल्क शिविरमा मधुमेहको समेत जाँच गरिएको थियो ।  
उनीहरुलाई इसिजी र इको सेवा पनि निःशुल्क प्रदान गरिएको स्वास्थ्य सह–संयोजक  यादवले बताए  ।  
प्रदेश नं. २ का समाजिक बिकास मन्त्री  नबलकिसोर साहको प्रमुख अतिथिय र प्रमुख प्रशासकिय अधिकृत  सुरेन्द्र प्रसाद यादवको अध्यक्षतामा मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको जनाइएको छ।  
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी