दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक दिने शुक्रवार मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नगरपालिकाको परिसरमा प्रदेश नं. २ को समाजिक बिकास मन्त्रालय र सहिद गंगालाल हृदय रोग शाखा जनकपुरको सहयोगमा हनुमाननगर कंकालिनी नगरपालिकाले आयोजना गरेको मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा करिब २ सय जना महिला पुरुषको उपचार गरिएको स्वास्थ्य सह–संयोजक रामदेव यादवले जानकारी दिनुभयो ।
सहिद गंगालाल हृदय रोग शाखा जनकपुरको मुटु रोग बिशेषज्ञ डाक्टर राजकुमार साहको नेतृत्वमा ४ जना स्वास्थ्यकर्मीहरुको टोलीले उपचार गरेको हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ।
सार्थै नर्सिङ परामेडिकसहित ११ जना स्वास्थ्यकर्मीहरुको उपस्थित रहेको थियो ।
सो क्रममा मुटुरोग सम्बन्धि उपचार गरिएका २ सय जनालाई निःशुल्क औषधी समेत बितरण गरिएको छ । त्यस निःशुल्क शिविरमा मधुमेहको समेत जाँच गरिएको थियो ।
उनीहरुलाई इसिजी र इको सेवा पनि निःशुल्क प्रदान गरिएको स्वास्थ्य सह–संयोजक यादवले बताए ।
प्रदेश नं. २ का समाजिक बिकास मन्त्री नबलकिसोर साहको प्रमुख अतिथिय र प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रसाद यादवको अध्यक्षतामा मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको जनाइएको छ।
हनुमाननगरमा निःशुल्क मुटुरोगको शिविर सम्पन्न
सारांश
- नगरपालिकाको परिसरमा प्रदेश नं.
- २ को समाजिक बिकास मन्त्रालय र सहिद गंगालाल हृदय रोग शाखा जनकपुरको सहयोगमा हनुमाननगर कंकालिनी नगरपालिकाले आयोजना गरेको मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा करिब २ सय जना महिला पुरुषको उपचार गरिएको स्वास्थ्य सह–संयोजक रामदेव यादवले जानकारी दिनुभयो ।
- सहिद गंगालाल हृदय रोग शाखा जनकपुरको मुटु रोग बिशेषज्ञ डाक्टर राजकुमार साहको नेतृत्वमा ४ जना स्वास्थ्यकर्मीहरुको टोलीले उपचार गरेको हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया