अधुरो योजनाहरु यथाशिघ्र सम्पन्न गर्न निर्देशन

राजविराज राजविराज
|
बिहिबार, चैत्र २, २०७९
|
|
७७ पटक हेरिएको
Shares
अधुरो योजनाहरु यथाशिघ्र सम्पन्न गर्न निर्देशन

सारांश

  •     जिल्ला प्रशासन कार्यालय सप्तरीमा बुधबार आयोजित छलफल कार्यक्रममा योजनाका ठेकेदार, जनप्रतिनीधी, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुखहरुलाई समेत राखेर त्यस्तो निर्देशन दिइएको हो ।
  •       प्रमुख प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतमा आयोजित छलफलमा ३÷३ पटक म्याद थप्दा पनि कतिपय योजनाको काम अझै अधुरो रहेको भन्दै त्यसबाट जनताले सास्ती समेत पाउने अवस्था आएको उनले बताए ।
  •       राजविराज वसपार्क र हटियाको सपिङ कम्प्लेक्स निर्माणको ३÷३ पटक म्याद थप्दा पनि अझै अधुरा रहेकोले त्यस्ता ढिलासूस्ती अब सहन नहुने उनले जनाए ।

दैनिक समाचारदाता
राजविराज, १ चैत । 

    सप्तरीमा संचालित विकासीय योजनाहरुको काम यथाशिघ्र सम्पन्न गर्न निर्देशन दिइएको छ । 
    जिल्ला प्रशासन कार्यालय सप्तरीमा बुधबार आयोजित छलफल कार्यक्रममा योजनाका ठेकेदार, जनप्रतिनीधी, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुखहरुलाई समेत राखेर त्यस्तो निर्देशन दिइएको हो । 
    प्रमुख प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतमा आयोजित छलफलमा ३÷३ पटक म्याद थप्दा पनि कतिपय योजनाको काम अझै अधुरो रहेको भन्दै त्यसबाट जनताले सास्ती समेत पाउने अवस्था आएको उनले बताए । 
    राजविराज वसपार्क र हटियाको सपिङ कम्प्लेक्स निर्माणको ३÷३ पटक म्याद थप्दा पनि अझै अधुरा रहेकोले त्यस्ता ढिलासूस्ती अब सहन नहुने उनले जनाए । त्यस्तै जिल्लामा संचालित सिरहा सडक, हुलाकी सडक, रुपनी सडक लगायतका योजनाको काम पनि छिट्टै सम्पन्न गर्नु पर्ने उनको भनाई थियो । 
    कार्यक्रममा बोल्दै प्रतिनीधी सभा सदस्य दिनेश कुमार यादवले पटक पटक म्याद थपेर पनि योजनाहरु अधुरै रहनु लाजमर्दाे कुरा रहेको भन्दै यसले जनतालाई समेत पीडा पुगी रहेको तर्फ ध्यानाकर्षण गराएका थिए । 
    राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इशरत प्रविणले म्याद गुज्रेर पनि काम अधुरो रहेको अवस्थामा व्यवहारिकतालाई ध्यानमा राखी आपृmहरुले म्याद थप गर्दा समेत काम पुरा नगरेर ढाँटने काम मात्र भइरहेको भन्दै यस्तो पाराले विकासीय काममा लगाएको लगानी समेत निरर्थक हुने अवस्था आएको बताईन । उनले अब ठेकेदारले गर्ने कुनै पनि वहाना उपर सुनवाई नहुने सचेत गराउँदै थपिएको म्याद भित्र पनि काम नसक्नेलाई कानुन बमोजिम कारवाही हुने समेत चेतावनी दिइन । 
    प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले वसपार्क निर्माण कार्यमा ठेकेदारले ढिलासुस्ती गर्दा सडक किनारबाटै सवारी साधन संचालन भइरहेको र यसबाट दुर्घटनाको जोखिम बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको बताए । 
    छलफलमा ठेकेदार कम्पनीका प्रतिनीधीहरुले कोरोना, मंहगी, समय मै साईड क्लियरेन्सको अभाव लगायतका कारण ढिलाई भएको स्विकार्दै अव समय मै काम गर्ने प्रतिबद्धता जनाएका थिए । 
    कार्यक्रममा जिल्लामा संचालन रहेका योजनाहरु संग सम्बन्धित कार्यालयका प्रमुखहरु, यातायात व्यवसायी, यातायात मजदुर, जनप्रतिनीधी, संचारकर्मी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । .   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वश्यसहित जन्मकैद फैसला भएको फरार प्रतिवादी पक्राउ
सर्वश्यसहित जन्मकैद फैसला भएको फरार प्रतिवादी पक्राउ
तीन सय पचिस गाँजाका बोटहरु नष्ट
तीन सय पचिस गाँजाका बोटहरु नष्ट
पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट पर्व मनाईयो
पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट पर्व मनाईयो
मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको गृह मन्त्री लेखीको आरोप
संविधान बनाउने दलहरु नै संविधान कार्यान्वयन गर्न नसकेको गृह मन्त्री लेखीको आरोप
नेवि संघले झण्डा फहराई मनायो प्रजातन्त्र दिवस 
नेवि संघले झण्डा फहराई मनायो प्रजातन्त्र दिवस 
सप्तरीको एउटै पालिकाबाट १३ सहित १६ जना पक्राउ
सप्तरीको एउटै पालिकाबाट १३ सहित १६ जना पक्राउ
गाइगोठमा आगलागि हुँदा दुई गोरुगाडासहित दुई गाई जले
गाइगोठमा आगलागि हुँदा दुई गोरुगाडासहित दुई गाई जले
दुई सन्तानकी आमा पलियालाई आदालतको  आदेशपछि गृह प्रवेश गराइयो 
दुई सन्तानकी आमा पलियालाई आदालतको  आदेशपछि गृह प्रवेश गराइयो 
काँग्रेस सप्तरीद्वारा सूचना प्रविधि बिधेयकको बिरोध
काँग्रेस सप्तरीद्वारा सूचना प्रविधि बिधेयकको बिरोध

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?