दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
पतिको लामो आयु र दिर्घायुको कामना गर्दै सोमबार तराई मधेशका मैथिल विवाहित महिलाहरुले बट सावित्री (बरसाइत) पर्व धुमधामका साथ मनाएका छन् । मैथिल महिलाहरुले मनाउने चाँडपर्व अन्तरगत बट सावित्री पर्व पनि एक ठूलो पर्वको रुपमा रहेको छ ।
नयाँ वस्त्र, श्रृगार र गहना लगाएर ब्रतालु महिलाहरुले बरको रुखलाई घेरेर बृक्षमा विवाहको लगनगाँठोको प्रतिक मंगलधागो बेर्दै, बृक्षलाई सुम्सुम्याउँदै, अंगालो हाल्दै अनि हाते पंखा फिरफिर घुमाउँदै बटबृक्ष (बरको रुख) पुजा गरेका छन् ।
सोमबार बिहानैदेखी यो पर्व मनाउनेको घुँइचो राजविराजको भगवति मन्दिर, बैष्णकाली मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर र नगर आसपासका बरका रुखमूनी लागेको थियो । यो पर्व मनाउन बिहानै नुहाई धुवाई गरी नयाँ बस्त्र लगाई उपवास बसिन्छ । बरको रुखमुनी गाउँ गाउँका मैथिल महिलाहरु भेला भई पुजा गर्ने गर्छन् ।
बटबृक्षलाई मैथिलि भाषमा बर अर्थात दुलहा पनि भनिन्छ । मिथिला संस्कृतीमा पतिलाई देउताको रुपमा पुजा गर्ने परम्परा पुरानो हो । जेठ आँैसीका दिन वर्षेणी तराई मधेशका हिन्दु महिलाको सम्मान बट बृक्षले पाउने गरेको छ । यो बट सावित्री हो ।
पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले बरको रुख तल बसेर कठोर ब्रत गरी आजैकै दिन आफ्ना पतिको प्राण फर्काएको हुँदा महिलाहरुले आफ्ना पतिको दिर्घायुका लागि बट सावित्री पर्व मनाउने गरेको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट पर्व मनाईयो
सारांश
- नयाँ वस्त्र, श्रृगार र गहना लगाएर ब्रतालु महिलाहरुले बरको रुखलाई घेरेर बृक्षमा विवाहको लगनगाँठोको प्रतिक मंगलधागो बेर्दै, बृक्षलाई सुम्सुम्याउँदै, अंगालो हाल्दै अनि हाते पंखा फिरफिर घुमाउँदै बटबृक्ष (बरको रुख) पुजा गरेका छन् ।
- सोमबार बिहानैदेखी यो पर्व मनाउनेको घुँइचो राजविराजको भगवति मन्दिर, बैष्णकाली मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर र नगर आसपासका बरका रुखमूनी लागेको थियो ।
- यो पर्व मनाउन बिहानै नुहाई धुवाई गरी नयाँ बस्त्र लगाई उपवास बसिन्छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया