“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न

राजविराज राजविराज
|
मंगलबार, पौष ३, २०७५
|
|
७१ पटक हेरिएको
Shares
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न

सारांश

  • जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ८ स्थित जनता मावि तोपामा अभियान अन्तरगत हस्ताक्षर संकलन कार्यक्रम गरिएको समूह ३० का संयोजक नवीन कुमार गुप्ताले जानकारी दिएका छन् ।
  •   समूह ३० राजविराजका संयोजक नवीनकुमार गुप्ताको अध्यक्षता तथा समूहका सल्लाहकार शम्भुनन्द चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न हस्ताक्षर कार्यक्रममा १ सय ५० बढी विद्यार्थी तथा अभिभावकहरुले हस्ताक्षर गरेका थिए ।
  •   कार्यक्रममा समूहका संयोजक गुप्ताले विद्यार्थी तथा अभिभावकहरुलाई विभिन्न देशमा बनाइएको आस्थाका बन्दीहरुको रिहाईका लागि सो हस्ताक्षर संकलन गरिएको जानकारी दिदै एम्नेष्टीले मानवको अधिकारका निम्ति अभियान नै चलाएको जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, ३ पुस । 
एम्नेष्टी ईन्टरनेश्नल नेपाल समुह ३० राजविराजले अन्तराष्ट्रिय आप्रावशन दिवसको अवसरमा मंगलबार राईट फर राईट अभियान अन्तर्गत सप्तरीको एक विद्यालयमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको छ । 


जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ८ स्थित जनता मावि तोपामा अभियान अन्तरगत हस्ताक्षर संकलन कार्यक्रम गरिएको समूह ३० का संयोजक नवीन कुमार गुप्ताले जानकारी दिएका छन् । 
समूह ३० राजविराजका संयोजक नवीनकुमार गुप्ताको अध्यक्षता तथा समूहका सल्लाहकार शम्भुनन्द चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न हस्ताक्षर कार्यक्रममा १ सय ५० बढी विद्यार्थी तथा अभिभावकहरुले हस्ताक्षर गरेका थिए । 


कार्यक्रममा समूहका संयोजक गुप्ताले विद्यार्थी तथा अभिभावकहरुलाई विभिन्न देशमा बनाइएको आस्थाका बन्दीहरुको रिहाईका लागि सो हस्ताक्षर संकलन गरिएको जानकारी दिदै एम्नेष्टीले मानवको अधिकारका निम्ति अभियान नै चलाएको जिकिर गरे । मुलकभरी बढ्दै गएको विभिन्न हिंसा त्यसमा पनि महिला हिंसालाई न्यूनिकरण गर्न जनचेतना अझै आवश्यक रहेको उनले औल्याए । 


कार्यक्रममा समुहका सहसंयोजक मिथिलेश यादव, सदस्यहरु प्रदीप मेहता, राजेश झा, गोपाल गुप्ता लगायतले महिला हिंसा, मानवअधिकारको उल्लंघन तथा विभिन्न हिंसा हुन नदिनका लागि जनचेतना अपूग रहेकोले यसप्रति सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश प्रहरी भर्ना हुन्छ ः उपसभामुख देव
प्रदेश प्रहरी भर्ना हुन्छ ः उपसभामुख देव
स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो
स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो
चोरी भएको मोटरसाइकलसहित तीन पक्राउ
चोरी भएको मोटरसाइकलसहित तीन पक्राउ
१७ वर्षिया किशोरीको अपहरण गरि सामूहिक बलात्कार, आरोपित चारै जना पक्राउ, अनुसन्धानका लागि चार दिन म्याद थप
१७ वर्षिया किशोरीको अपहरण गरि सामूहिक बलात्कार, आरोपित चारै जना पक्राउ, अनुसन्धानका लागि चार दिन म्याद थप
कोरोना संक्रमणबाट  सप्तरीका दुई जनाको मृत्यु
कोरोना संक्रमणबाट  सप्तरीका दुई जनाको मृत्यु
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
बुद्ध एयरको जहाज उडाउने तयारी पुरा
मदरसाको तालाबन्दी खुल्यो
मदरसाको तालाबन्दी खुल्यो
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
महामारीको समयमा पनि बैंकर्सले व्यापारीलाई सहुलियत दिएनन् ः उवास अध्यक्ष प्रधान, व्यापारीलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो
महामारीको समयमा पनि बैंकर्सले व्यापारीलाई सहुलियत दिएनन् ः उवास अध्यक्ष प्रधान, व्यापारीलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो
सवारी दुर्घटनामा एक  बालकसहित ५ जना घाइते
सवारी दुर्घटनामा एक  बालकसहित ५ जना घाइते