गत निर्वाचनमा पराजित उम्मेदवारहरु जित्दै, निर्वाचितहरु हार्दै 

राजविराज राजविराज
|
बिहिबार, जेठ ५, २०७९
|
|
१९ पटक हेरिएको
Shares
गत निर्वाचनमा पराजित उम्मेदवारहरु जित्दै, निर्वाचितहरु हार्दै 

सारांश

  •     घोषित परिणाम अनुसार जिल्लाको सुरुङ्गा नगरपालिकामा नेपाली काँग्रेसकी गिता चौधरी प्रमुखमा र रुद्र बहादुर कार्की उपप्रमुखमा निर्वाचित भएका छन् ।
  •       यस्तै विष्णुपुर गाउँपालिकामा जसपाका उमेश यादव अध्यक्षमा तथा काँग्रेसकी रेणुृकुमारी यादव उपाध्यक्षमा निर्वाचित भएका छन् ।
  •       शम्भुनाथ नगरपालिकामा नेकपा एकिकृत समाजवादीका जितेन्द्र प्रसाद गुप्ता र उपप्रमुखमा सोही पार्टीकी अनिता चौधरी निर्वाचित भएकी छिन् ।

दैनिक समाचारदाता
राजविराज,  ५ जेठ । 
    स्थानीय तह निर्वाचनको मतगणना परिणाम आउने क्रम जारी रहदा विहीवार सप्तरीमा थप ७ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । 
    घोषित परिणाम अनुसार जिल्लाको सुरुङ्गा नगरपालिकामा नेपाली काँग्रेसकी गिता चौधरी प्रमुखमा र रुद्र बहादुर कार्की उपप्रमुखमा निर्वाचित भएका छन् । 
    यस्तै विष्णुपुर गाउँपालिकामा जसपाका उमेश यादव अध्यक्षमा तथा काँग्रेसकी रेणुृकुमारी यादव उपाध्यक्षमा निर्वाचित भएका छन् । 
    शम्भुनाथ नगरपालिकामा नेकपा एकिकृत समाजवादीका जितेन्द्र प्रसाद गुप्ता र उपप्रमुखमा सोही पार्टीकी अनिता चौधरी निर्वाचित भएकी छिन् । 
    बलान विहुल गाउँपालिकामा जनमत पार्टीका खेमचन्द्र यादव अध्यक्षमा तथा सोही रेणु यादव उपाध्यक्षमा निर्वाचित भएकी छिन् । 
    तिलाठी कोईलाडी गाउँपालिकाको अध्यक्षमा काग्रेसका अरुण मण्डल तथा उपाध्यक्षमा काँग्रेसकै फुल कुमारी साह निर्वाचित भएकी छिन् । 
    यस अघि घोषित भएका सप्तकोशी नगरपालिका र तिरहुत गाउँपालिका काँग्रेसले जितीसकेको छ । हनुमाननगर कांकालिनी नगरपालिकाको प्रमुख पद जनमत पार्टीले तथा उपप्रमुख जसपाले जितेको छ । महदेवा गाउँपालिकाको अध्यक्षमा लोसपाका सुनिल कुमार मण्डल तथा उपाध्यक्षमा सोही पार्टीका उपाध्यक्षमा अर्चना कुमारी यादव निर्वाचित भएका छन् । 
    त्यस्तै राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका ओमप्रकाश मण्डल र उपाध्यक्षमा जसपाकी रेणु देवी मण्डल निर्वाचित भएका छन् । अग्नीसाईर कृष्णासवरण गाउँपालिको अध्यक्ष एमालेका दिनानाथ चौधरी तथा उपाध्यक्ष काँग्रेसको कल्पना चौधरी निर्वाचित भए । 
    १८ स्थानीय तह रहेको जिल्लामा राजविराज नगरपालिका, डाक्नेश्वरी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, खडक नगरपालिका, बोदेबरसाइन नगरपालिका, कंचनरुप नगरपालिका र रुपनी गाउँपालिकाको मात्र परिणाम आउन बाकी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 
    यस पल्ट दोहराउने खोजेका हुनुमाननगर कंकालिनी नगरपालिकाका निर्वतमान प्रमुख शैलेश साह, सप्तकोशी नगरपालिकाका निर्वतमान प्रमुख उत्तम गौतम, महादेवा गाउँपालिकाका निर्वतमान अध्यक्ष दिपक यादव, तिरहुत गाउँपालिकाका निर्वतमान अध्यक्ष हेमन्त बहरखेर, तिलाठी कोइलाडी गाउँपालिकाका निर्वतमान अध्यक्ष सतिश सिंह, विष्णुपुर गाउपालिकाका निर्वतमान अध्यक्ष लिलाम्बर यादव, राजगढ गाउँपालिकाका निर्वतमान अध्यक्ष परमानन्द यादव, बलान विहुल गाउँपालिकाका निर्वतमान अध्यक्ष दयानन्द गोइत, अग्नीसाईर कृष्णा सवरण गाउपालिकाका अध्यक्ष परशुराम चौधरी सबै आ–आप्mनो पालिकामा चुनाव हारेका छन् । 
    अहिले सम्म घोषित परिणाम अनुसार दोहराउने कुनै पनि प्रमुख र अध्यक्ष पदका उम्मेदवारले चुनाव जित्न सकेका छैनन । २०७४ सालको निर्वाचनमा निकटतम प्रतिद्वन्दी रहेका अधिकाँशले भने यस पल्ट चुनाव जितेका छन् । 
    यसरी जित्नेहरुमा बिरेन्द्र माझी, दिनानाथ चौधरी, अरुण मण्डल, सुनिल मण्डल, खेमचन्द्र यादव, उमेश यादव, कृष्ण ढकाल लगायतका छन् । परिणाम आउन बाकि रहेका स्थानीय तहमा पनि दोहरिने उम्मेदवार अहिले मतगणनामा निकै पछाडी देखिएका छन भने २०७४ को निर्वाचनमा पराजित भएकाहरु फराकिलो मतले अग्रता लिएको अवस्था छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?