दैनिक समाचारदाता
जनकपुरधाम, ८ साउन ।
समाजवादी पार्टीको मधेश प्रदेश समितिको बुधबार समायोजन भएको छ ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति एकीकरणपछि गठन भएपछि बुधबार जनकपुरमा आयोजित प्रदेश समिति समायोजन घोषणा कार्यक्रमबाट अध्यक्षमा विजय यादव चयन भएका छन् ।
प्रदेश समिति समायोजन कार्यदलका संयोजक, पार्टीका उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले अध्यक्षसहित ७० सदस्यीय नयाँ प्रदेश समितिको घोषणा गरेका हुन् ।
नवगठित कार्य समितिको उपाध्यक्षमा रामपृत पासवान, उर्मिला साह, सुशिल यादव चयन भएका छन् भने मुख्य सचिवमा शम्भू झा, सचिवहरुमा दिनेश यादव, ज्ञानेन्द्र कुमार यादव र राम कैलाश यादव चयन भएका छन् ।
त्यसैगरि कोषाध्यक्षमा रेणु यादव (सिरहा) चयन भएकी छन्। समायोजित समितिमा तत्कालिन संघीय समाजवादी फोरम नेपालको लहान अधिवेशनबाट निर्वाचित ५१ जना र नयाँ शक्तिबाट १९ जना रहेका छन ।
पदाधिकारीहरुमा उपाध्यक्ष सुशिल यादव र सचिव राम कैलाश यादव नयाँ शक्ति तर्फबाट चयन भएका हुन् । अध्यक्ष सहितका अन्य पदाधिकारीहरु फोरमको कोटाबाट आएका हुन् । ११ पदाधिकारी सहितको ९९ सदस्यीय समितिमा २ उपाध्यक्ष सहित २९ सदस्यको पद खाली राखिएको छ ।
समायोजन घोषणा कार्यक्रममा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले संक्रमणकालमा रहेको मुलुकको निकासको लागि समुन्नत संघीय समाजवाद एक मात्र विकल्प रहेको बताए । विश्वकै राजनीति परिदृश्यमा पुजीवादी र साम्यवादी विचारधारा चरम संकटमा फँसेको भन्दै उनले त्यसको विकल्पमा आफुहरुले समुन्नत संघीय समाजवादलाई अघि सारेको बताए ।
त्यस्तै कार्यक्रममा केन्द्रिय समिति अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेको उल्लेख गर्दै त्यसका लागि थुप्रै पार्टीहरुसंग साकारात्मक छलफल चलिरहेको बताए । आफुहरु संविधान संशोधनको सर्तमा सरकारमा सहभागी भएको बोल्दै उपप्रधानमन्त्री समेत रहेका यादवले संविधान संशोधन नभए संघर्ष एक मात्र विकल्प रहने बताए ।
समाजवादी पार्टीको प्रदेश समिति अध्यक्षमा बिजय यादव
सारांश
- संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति एकीकरणपछि गठन भएपछि बुधबार जनकपुरमा आयोजित प्रदेश समिति समायोजन घोषणा कार्यक्रमबाट अध्यक्षमा विजय यादव चयन भएका छन् ।
- प्रदेश समिति समायोजन कार्यदलका संयोजक, पार्टीका उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले अध्यक्षसहित ७० सदस्यीय नयाँ प्रदेश समितिको घोषणा गरेका हुन् ।
- नवगठित कार्य समितिको उपाध्यक्षमा रामपृत पासवान, उर्मिला साह, सुशिल यादव चयन भएका छन् भने मुख्य सचिवमा शम्भू झा, सचिवहरुमा दिनेश यादव, ज्ञानेन्द्र कुमार यादव र राम कैलाश यादव चयन भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया