निर्वाचित जनप्रतिनिधिद्वारा  राजिनामा

राजविराज राजविराज
|
शुक्रबार, बैशाख ९, २०७९
|
|
४७ पटक हेरिएको
Shares
निर्वाचित जनप्रतिनिधिद्वारा  राजिनामा

सारांश

  •     शुक्रबार राजविराज नगरपालिकाका प्रमुख कस्शम्भुप्रसाद यादवसहित उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यले शुक्रबार पदबाट राजिनामा दिएका छन् ।
  •       २०७४ को स्थानिय तह निर्वाचनमा तत्कालिन राजपाबाट नगरप्रमुख पदमा निर्वाचित भएका यादवले राजिनामा दिएका हुन् ।
  • हाल उनी जसपा नेपाल राजविराज नगरपालिकाका वरिष्ठ उपाध्यक्ष पदमा छन् ।

दैनिक समाचारदाता
राजविराज, ९ बैशाख । 
    स्थानिय तह निर्वाचनलाई मध्यनजर गर्दै सप्तरी जिल्लाका स्थानिय तहका जनप्रतिनिधिहरुले धमाधम राजिनामा दिइरहेका छन् । 
    शुक्रबार राजविराज नगरपालिकाका प्रमुख कस्शम्भुप्रसाद यादवसहित उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यले शुक्रबार पदबाट राजिनामा दिएका छन् । 
    २०७४ को स्थानिय तह निर्वाचनमा तत्कालिन राजपाबाट नगरप्रमुख पदमा निर्वाचित भएका यादवले राजिनामा दिएका हुन् । हाल उनी जसपा नेपाल राजविराज नगरपालिकाका वरिष्ठ उपाध्यक्ष पदमा छन् । 
    उनीसँगै राजपाबाटै निर्वाचित उपप्रमुख साधना झालगायत अन्य विभिन्न पार्टीबाट निर्वाचित सबै वडाका अध्यक्ष र सदस्यले राजिनामा दिएका छन् । 
    निर्वाचन आयोगले उम्मेदवार हुन चाहनेले हाल कायम रहेको पदबाट राजिनामा गर्नुपर्ने बाध्यात्मक प्रावधान ल्याएपछि आगामी निर्वाचनमा सहभागि हुन चाहने इच्छुक उम्मेदवारले जितेका पदबाट धमाधम राजिनामा दिन थालेका छन् । 
    उपप्रमुख, वडा अध्यक्ष तथा वडा सदस्यहरुले आफ्नो राजिनामा नगरप्रमुख यादवलाई बुझाएपछि उनले पनि आफ्नो राजिनामा प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्रप्रसाद यादवलाई बुझाएका थिए ।
    सो अवसरमा उनले आफ्नो कार्यकालमा भएका विकास निर्माणका विवरण समेत प्रस्तुत गरेका थिए । प्रमुख यादवले सडक, नाला, स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा गरेका कामको विवरण सुनाउँदै पुनः जनताका बीच जाने विचारमा रहेको बताए । 
    यअसघि बिहीबार नेपाली काँग्रेसबाट गत स्थानिय तहको निर्वाचनमा जिल्लाको विष्णुपुर गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका लिलाम्बर यादवले पनि राजिनामा दिँदै प्रमुख प्रशासकीय अधिकृत ललन यादवलाई गाडीको साँचो बुझाएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?