दैनिक समाचारदाता
राजविराज, १९ असोज ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले परम्परागत कृषि प्रणालीमा सुधार गरी उत्पादनमा वृद्धि ल्याउन ब्यवसायिक खेतीको प्रबद्र्धनकालागि किसान भेला सञ्चालन गरेको छ । सो भेला गाउँपालिका वडा नं. ४ कोइलाडीबाट सुरुवात गरिएको हो ।
सिमित साधन स्रोतको समुचित प्रयोग गरी बढीभन्दा बढी उत्पादन गर्ने सम्बन्धी प्रविधी तथा तरिकाहरुका बारेमा किसानहरुलाई जानकारी गराउने उद्देश्यका साथ उक्त भेलाको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिएका छन् ।
गाउँपालिकाले पशुपालन गर्ने कृषकहरुका लागि सहकारी संस्थामार्फत बिना ब्याजको ५० प्रतिशत ऋण दिने नीति ल्याएको तथा यसबाट कृषकलाई पशुपालन गर्न सहुलियत पुग्ने अध्यक्ष सिंहको भनाई छ ।
गाउँपालिकाले गहुँ, धान, मकै तथा सर्सौंको खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा बीऊ उपलब्ध गराउने कार्यक्रम ल्याएको उनले जानकारी दिँदै कृषकको सुविधालाई ध्यानमा राखेर खेतीमा आत्मनिर्भर बनाउन गाउँपालिकाले कृषक लक्षित विभिन्न किसीमको कार्यक्रम ल्याएको बताए ।
सोही कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले कृषकलाई सुविधा दिन गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याएको हुँदा ब्यवसायिक खेतीमा लाग्नुपर्ने आवश्यकता रहेको औंल्याए ।
यस्तै कृषि ज्ञानकेन्द्र राजविराजका बाली संरक्षण अधिकृत सुब्बालाल मण्डलले कृषि प्राविधिकको सहयोगमा मात्रै कुनै पनि बिषादी प्रयोग गर्नुपर्ने जानकारी दिँदै बिना जानकारी बिषादी प्रयोगले मित्र किराहरु समेत मर्ने गरेकोले त्यसबाट किसानलाई नै घाटा हुने जानकारी दिए ।
माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालय राजविराजका प्रमुख सुनिलकुमार सिंहले खेती गर्ने माटोको जाँच निःशुल्क रहेकोले जाँच गराउन कृषकहरुलाई आग्रह गरे ।
समयमा मल नपाउनु, बालीमा किरा लाग्ने गरेको, माटो परीक्षण कसरी गर्ने जस्ता किसानहरुले समस्या सुनाएको गाउँपालिकाका कृषि विकास अधिकृत उदयकान्त झाले बताउनुभयो ।
गाउँपालिकाको वडा नं. ४ कोइलाडीबाट सुरु गरिएको किसान भेला आठ वटै वडाहरुमा गरिने जानकारी दिंदै अधिकृत झाले मंगलबार वडा नं. ७ मन्सापुर, बुधबार वडा नं. ५ को. बर्साइन र विहिबार वडा नं. ८ तोपामा किसान भेला राखिएको जानकारी समेत दिए ।
तिलाठी कोइलाडीमा किसान भेला सुरु
सारांश
- सिमित साधन स्रोतको समुचित प्रयोग गरी बढीभन्दा बढी उत्पादन गर्ने सम्बन्धी प्रविधी तथा तरिकाहरुका बारेमा किसानहरुलाई जानकारी गराउने उद्देश्यका साथ उक्त भेलाको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिएका छन् ।
- गाउँपालिकाले पशुपालन गर्ने कृषकहरुका लागि सहकारी संस्थामार्फत बिना ब्याजको ५० प्रतिशत ऋण दिने नीति ल्याएको तथा यसबाट कृषकलाई पशुपालन गर्न सहुलियत पुग्ने अध्यक्ष सिंहको भनाई छ ।
- गाउँपालिकाले गहुँ, धान, मकै तथा सर्सौंको खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा बीऊ उपलब्ध गराउने कार्यक्रम ल्याएको उनले जानकारी दिँदै कृषकको सुविधालाई ध्यानमा राखेर खेतीमा आत्मनिर्भर बनाउन गाउँपालिकाले कृषक लक्षित विभिन्न किसीमको कार्यक्रम ल्याएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया