राविनपाका सवइन्जिनियरसहित ६  जनाबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर

राजविराज राजविराज
|
सोमबार, मंसिर २२, २०७७
|
|
३८ पटक हेरिएको
Shares
राविनपाका सवइन्जिनियरसहित ६  जनाबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर

सारांश

  •     सडकको दायाँबायाँ वृक्षारोपण गर्नको लागि निकासा भएको रकमबाट केही स्थानमा मात्र वृक्षारोपण गरी बाँकी रकम नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृतसमेतको मिलेमतोमा हिनामिना भएको भन्ने उजूरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।
  • अख्तियारले तत्कालिन कार्यकारी अधिकृतको नाम उल्लेख नगरेपनि श्रोतका अनुसार सो समयमा राजविराज नगरपालिकाका अधिकृतको रुपमा विष्णु गुरुङ रहेका थिए ।
  •       नगर भित्र सडकको दायाँबायाँ वृक्षारोपण गर्नको लागि निकासा भएको रकमबाट केही स्थानमा मात्र वृक्षारोपण गरी बाँकी रकम हिनामिना गरेको भन्दै नगरपालिकाका सवइन्जिनियर सत्यजीबकुमार सिंह, तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत शीतल रिमाल र सूचना तिमल्सिना, आरके इन्जिनियरिङ्ग कन्सल्टेन्टका प्रोप्राइटर टुनालाल कर्ण, सेभ द नेपाल राजविराजका अध्यक्ष घनश्याम झा र कोषाध्यक्ष ललितनारायण झाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिका क्षेत्र भित्र वृक्षारोपण गर्न छुट्याएको रकम हिनामिना भएको भन्दै नगरपालिकाका सबइन्जिनियरसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
    सडकको दायाँबायाँ वृक्षारोपण गर्नको लागि निकासा भएको रकमबाट केही स्थानमा मात्र वृक्षारोपण गरी बाँकी रकम नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृतसमेतको मिलेमतोमा हिनामिना भएको भन्ने उजूरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो । अख्तियारले तत्कालिन कार्यकारी अधिकृतको नाम उल्लेख नगरेपनि श्रोतका अनुसार सो समयमा राजविराज नगरपालिकाका अधिकृतको रुपमा विष्णु गुरुङ रहेका थिए ।  
    नगर भित्र सडकको दायाँबायाँ वृक्षारोपण गर्नको लागि निकासा भएको रकमबाट केही स्थानमा मात्र वृक्षारोपण गरी बाँकी रकम हिनामिना गरेको भन्दै नगरपालिकाका सवइन्जिनियर सत्यजीबकुमार सिंह, तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत शीतल रिमाल र सूचना तिमल्सिना, आरके इन्जिनियरिङ्ग कन्सल्टेन्टका प्रोप्राइटर टुनालाल कर्ण, सेभ द नेपाल राजविराजका अध्यक्ष घनश्याम झा र कोषाध्यक्ष ललितनारायण झाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 
    सवइन्जिनियर सिंहले वृक्षारोपण कार्यको अन्तिम मूल्याङ्कनमा निर्माणस्थलमा भएको भन्दा बढी परिमाणको कार्य उल्लेख गरी तथा प्रयोग भएको तारजालीको पनि निर्धारित गुणस्तरयुक्त तथा मापदण्ड बमोजिम नभएकोलाई भएको भनी भुक्तानीको लागि सिफारिस गरेकोले उनीविरुद्ध १७ लाख ७५ हजार बिगो मागदाबी गरि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
    यस्तै मूल्याङ्कन अधिकृत रिमालविरुद्ध ७ लाख ८६ हजार, मूल्याङ्कन अधिकृत सूचना तिमल्सिना विरुद्ध ९ लाख ८९ हजार, प्रोपाइटर कर्णविरुद्ध ७ लाख ८६ हजार, सेभ द नेपाल, राजविराज र तारजालीसहित वृक्षारोपण कार्यक्रम उपभोक्ता समिति, राजविराजका अध्यक्ष झाविरुद्ध १७ लाख ७५ हजार र कोषाध्यक्ष झाविरुद्ध ७ लाख ८६ हजार विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान
माओवादी केन्द्र नगर कमिटिद्वारा शुभकामना आदान प्रदान
जेठानीको कुटाईबाट देवरानीको  पाँच महिने गर्भ तुहियो
जेठानीको कुटाईबाट देवरानीको  पाँच महिने गर्भ तुहियो
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
सप्तरीमा ११ प्रतिशत जनताले लगाए कोभिड–१९ बिरुद्धको खोप
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
विघटनबिरुद्ध जसपाद्वारा प्रदर्शन  प्रधानमन्त्रीको पुतला दहन
विघटनबिरुद्ध जसपाद्वारा प्रदर्शन  प्रधानमन्त्रीको पुतला दहन
मधेसको दलहरूले मधेसी जनताको लागि केही गर्न सकेन ः अध्यक्ष लिङ्देन
मधेसको दलहरूले मधेसी जनताको लागि केही गर्न सकेन ः अध्यक्ष लिङ्देन
दोहो¥याएर उम्मेदवारी दिएका आतेश र सरिता मात्र निर्वाचित
दोहो¥याएर उम्मेदवारी दिएका आतेश र सरिता मात्र निर्वाचित
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर