मधेसको दलहरूले मधेसी जनताको लागि केही गर्न सकेन ः अध्यक्ष लिङ्देन

राजविराज राजविराज
|
बिहिबार, चैत्र ८, २०८०
|
|
३६ पटक हेरिएको
Shares
मधेसको दलहरूले मधेसी जनताको लागि केही गर्न सकेन ः अध्यक्ष लिङ्देन

सारांश

  •     सप्तरीको बोदे बरसाईनमा बिहिवार भएको बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।
  •     उनले मुलुकमा संघीयता लागू भएपछि मधेस केन्द्रित राजनीतिक दलहरूबाट धेरै नेताहरू मन्त्री भए पनि जनताले उनीहरुबाट कुनै सुविधा नपाएको टिप्पणी पनि गरे ।
  • मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय पाएको उल्लेख गर्दै उनले जनताको पक्षमा केही नगरेकोले अब जनतालाई झुक्याउने काम बन्द गर्न र जनताले पनि विश्वास गर्न नहुने तर्क दिए ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेसको नाममा राजनीति गर्ने मधेसवादी दलहरूले मधेसी जनताका लागि कुनै महत्वपूर्ण काम गर्न नसकेको आरोप लगाएका छन् । 
    सप्तरीको बोदे बरसाईनमा बिहिवार भएको बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।
    उनले मुलुकमा संघीयता लागू भएपछि मधेस केन्द्रित राजनीतिक दलहरूबाट धेरै नेताहरू मन्त्री भए पनि जनताले उनीहरुबाट कुनै सुविधा नपाएको टिप्पणी पनि गरे । मधेसले प्रधानमन्त्री बाहेक सबै मन्त्रालय पाएको उल्लेख गर्दै उनले जनताको पक्षमा केही नगरेकोले अब जनतालाई झुक्याउने काम बन्द गर्न र जनताले पनि विश्वास गर्न नहुने तर्क दिए । 
    ‘अब नेपाली जनताको भरोसा कुनै पनि राजनीतिक शक्तिमा छैन, सबै राजनीतिक शक्तिहरू जनताको .नजरमा असफल भइसकेका छन्’ लिङ्देनले भने, ‘अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक सबै दलहरू पतनको बाटोमा रहेको हुँदा उनीहरुले अन्तिम भोज जसरी भ्रष्टाचार गरिरहेको छन् ।’ 
    अध्यक्ष लिङ्देनले आगामी २७ गते काठमाडौँ केन्द्रित जनप्रदर्शनको घोषणा गरेकाले मधेशबाट व्यापक सहभागिता र सहयोग आवश्यक रहेको बताए । 
    राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशको अवस्था बदल्न अहिलेको व्यवस्था नै परिवर्तन गर्नुपर्ने टिप्पणी गरे । उनले देशमा संघीय गणतन्त्र आएपछि वैदेशिक हस्तक्षेप र भ्रष्टाचार पनि बढेको दाबी गरेका छन् । 
    सोही कार्यक्रममा अर्का बरिष्ठ उपाध्यक्ष बुद्धिमान तमाङले व्यवस्था र अवस्था परिवर्तन नहुँदा जनताले दुःख पाएको भन्दै प्रदेश सरकारको कुनै काम नभएको बताएका छन् । 
    राप्रपाका सप्तरी जिल्ला अध्यक्ष उम्देश्वर प्रसाद साहको अध्यक्षतामा भएको आम सभालाई महामन्त्री धबल शम्मशेर राना, सहमहामन्त्री मोहन यादब र मधेस प्रदेश संयोजक रामप्रताप साहले सम्बोधन गरेका थिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीबाट जनधनको क्षति  हुन नदिन कृत्रिम अभ्यास 
बाढीबाट जनधनको क्षति  हुन नदिन कृत्रिम अभ्यास 
भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
एक कर्मचारी संक्रमित भएसँगै  सप्तरीमा संक्रमितको संख्या ७ पुग्यो
एक कर्मचारी संक्रमित भएसँगै  सप्तरीमा संक्रमितको संख्या ७ पुग्यो
सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग
सामाजिक सुरक्षा ऐन लागु गर्न र मजदुरको अधिकार कार्यान्वयन गर्न माँग
प्रतिनिनिधीसभा विघटन बिरुद्ध जसपाको प्रदर्शन
प्रतिनिनिधीसभा विघटन बिरुद्ध जसपाको प्रदर्शन
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग 
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग 
जेष्ठ नागरिक र जेहेन्दार विद्यार्थी सम्मानित 
जेष्ठ नागरिक र जेहेन्दार विद्यार्थी सम्मानित 
ट्याक्टर पल्टिदा चालकको मृत्यु
ट्याक्टर पल्टिदा चालकको मृत्यु
सप्तरी काँग्रेसद्वारा पार्टीको विधान विपरीत कुनै क्रियाकलाप नगर्न अनुरोध 
सप्तरी काँग्रेसद्वारा पार्टीको विधान विपरीत कुनै क्रियाकलाप नगर्न अनुरोध 
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता  अनलाइन प्रणालीद्वारा गरिने प्रतिबद्धता
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता  अनलाइन प्रणालीद्वारा गरिने प्रतिबद्धता

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?