दैनिक समाचारदाता
राजविराज, २० चैत ।
हङकङमा सम्पन्न तेश्रो एशियाली यूथ एथलेटिक्स प्रतियोगितामा स्वर्ण पदक जितेका राजविराज निवासी अजित यादव गृह जिल्ला सप्तरीमा सम्मानित भएका छन् ।
राजविराज नगरपालिका १२ निवासी यादवलाई बुधवार एक कार्यक्रमबीच राजविराज नगरपालिका कार्यालयले सम्मानपत्र, दोसल्ला तथा नगद १ लाख १ हजार एक सय एक रुपैयासहित सम्मान गरेको हो ।
सो अवसरमा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले आफ्नो एक महिनाको तलब नगद रु. ३५ हजारसमेत अजितलाई प्रदान गरे ।
अजितले तेश्रो एशियाली यूथ एथलेटिक्स च्याम्पियनशिपको पुरुषतर्फ ३ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए । उनले आठ मिनेट ३०.३० सेकेन्डमा सो दुरी पुरा गरेका थिए । नेपाललाई युथ एशियाली खेलकुदमा स्वर्ण पदक दिलाउने अजित पहिलो खेलाडी समेत बनेका हुन ।
यसअघि प्रदेश २ का सरकारले पनि प्रोत्साहन स्वरुप अजितलाई ५ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । त्यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले ५१ हजारसहित सम्मान गर्ने घोषणा गरेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक राजेन्द्र विष्ट, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झा, उपमेयर साधना झालगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
एथलेटिक्समा स्वर्ण जितेका अजित गृह जिल्लामा सम्मानित, राजविराज नपाद्वारा एक लाख प्रदान, प्रमुखद्वारा एक महिनाको तलब
सारांश
- राजविराज नगरपालिका १२ निवासी यादवलाई बुधवार एक कार्यक्रमबीच राजविराज नगरपालिका कार्यालयले सम्मानपत्र, दोसल्ला तथा नगद १ लाख १ हजार एक सय एक रुपैयासहित सम्मान गरेको हो ।
- सो अवसरमा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले आफ्नो एक महिनाको तलब नगद रु.
- ३५ हजारसमेत अजितलाई प्रदान गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया