मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर 

राजविराज राजविराज
|
शुक्रबार, पौष २५, २०८२
|
|
२१ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर 

सारांश

  •     सो पालिका वडा नं.
  • ४ स्थित कर्मनिया बजारमा बिहीबार राति ८ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका वडा नं.
  • ८ मल्हनवा घर भएका २४ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो ।

दैनिक समाचारदाता
राजविराज, २५ पुस । 

    सप्तरीको खडक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
    सो पालिका वडा नं. ४ स्थित कर्मनिया बजारमा बिहीबार राति ८ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका वडा नं. ८ मल्हनवा घर भएका २४ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो ।
    पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.१० प. ५५१७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक डाइभर्सनका लागि दायाँतर्फ राखिएको सिमेन्टको ब्लकमा ठोक्किँदा चौधरी गम्भीर घाइते भएका थिए । 
    गम्भीर घाईते उनलाई उपचारका लागि सप्तऋषि अस्पताल, लहान पठाइएकोमा पनि चिकित्सकले  मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
    सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय सरोज चौधरीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको  प्रहरी नायब उपरीक्षक पुरीले बताए ।
    दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाईकल विद्युतीय पोलमा ठोकिदा दुईको मृत्यु, एक गम्भिर 
मोटरसाईकल विद्युतीय पोलमा ठोकिदा दुईको मृत्यु, एक गम्भिर 
राजविराजका युवकको अपहरण गरि  फिरौती माग्ने तीन जना पक्राउ
राजविराजका युवकको अपहरण गरि  फिरौती माग्ने तीन जना पक्राउ
कोरोना भाइरस संक्रमण दर बढ्दो 
कोरोना भाइरस संक्रमण दर बढ्दो 
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा  एक करोड बढीको अनियमितता
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा  एक करोड बढीको अनियमितता
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु
वन तथा वातावरण जोगाउन प्रभातफेरी र वृक्षारोपण
वन तथा वातावरण जोगाउन प्रभातफेरी र वृक्षारोपण
एमालेले शक्ति प्रदर्शन गर्दै निकाल्यो मोटरसाइकल ¥याली
एमालेले शक्ति प्रदर्शन गर्दै निकाल्यो मोटरसाइकल ¥याली
रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो 
रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो 
एसइई परिक्षामा सप्तरीबाट ९ हजार ९८ परीक्षार्थी सहभागी हुँदै 
इम्प्याक्टद्वारा राजविराज नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि सहयोग
इम्प्याक्टद्वारा राजविराज नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि सहयोग