दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
सप्तरी सदरमुकाम राजबिराज वडा नं. ४ मा प्रहरीले तीन यूवकलाई लागु औषधसहित पक्राउ गरेको छ ।
प्रहरीको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ निवासी २० वर्षिय मोहमद इसराइल, १९ वर्षिय करण यादव र बागलुङ जिल्ला कोढेखोला गाउँपालिका ३ निवासी २१ वर्षिय निलसु मगरलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुको साथबाट क्रमशः ६० थान, ३ सय २७ थान र ६० थान गरि ४ सय १७ थान नाइट्राभेट नामक ट्याबलेट फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता प्रहरीले तिनै जनालाई लागु औषधसहित नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
लागुऔषधसहित तीन पक्राउ
सारांश
- प्रहरीको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ निवासी २० वर्षिय मोहमद इसराइल, १९ वर्षिय करण यादव र बागलुङ जिल्ला कोढेखोला गाउँपालिका ३ निवासी २१ वर्षिय निलसु मगरलाई पक्राउ गरेको जनाएको छ ।
- उनीहरुको साथबाट क्रमशः ६० थान, ३ सय २७ थान र ६० थान गरि ४ सय १७ थान नाइट्राभेट नामक ट्याबलेट फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- यता प्रहरीले तिनै जनालाई लागु औषधसहित नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
हराएका २६ जना मध्ये २० जना फेला
निःशुल्क सिलाई मेसिन वितरण
बाढीको जोखिममा रहेका बनरझुल्लाबासी विपद्सँग जुध्न तयार
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया