दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
राजविराजमा जारि मिथिला कप सिजन ३ टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको बिहिवार सम्पन्न खेलमा बजाज युथ क्रिकेट एकेडमी तथा छिन्नमस्ता बरही सप्तरी सेमिफाईनलमा प्रवेश गरेको छ ।
युवा शक्ति ष्स्क्लिव बिष्णुपुरद्वारा आयोजित उक्त प्रतियोगिताको पहिलो खेलमा टस जितेर रौतहट ११ ले निर्धारित २० ओभरमा ८ बिकेट गुमाई ९५ रनको योगफल खडा गरेको थियो । जसमा शनि साह २६ रन, नितेश यादब १५ रन अविजित र सुमित यादबले ११ रन जोडेका थिए । बलिँगतर्फ बजाजका बसिर अहमद ३, अनिल खरेल २ तथा राहुल मण्डल र बिबेक यादब १/१ बिकेट हात पारेका थिए ।
जवाफमा बजाज ले १२ ओभरमा ७ बिकेट गुमाई बिजय हात पारेका थिए । जसमा बिबेक यादब ३६ राहुल मण्डल १५ अविजित र आशिष झा ले १७ रन जोडेका थिए । बलिँगतर्फ रौतहटका जितेन्द्र मुखिया ३, रंजित मुखिया २ र राजेश झा १ बिकेट लिएका थिए भने खेलको म्यान अफ दि म्याच बिजय टिमका बिबेक यादब घोषित भएको आयोजक समितिका उदित यादबले जानकारी दिए ।
यस्तै बिहीबारै सम्पन्न दोश्रो चरणको खेलमा लहान क्रिकेट क्लब र छिन्नमस्ता बरही सप्तरीविचको खेलमा लहानले टस जितेर ब्याटिङ गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर १ सय रन बनायो । सोही खेलमा जित हाँसिल गर्ने लक्ष्य लिएर मैदानमा उत्रेका छिन्नमस्ता टिमले १२ ओभरमै ३ विकेट मात्र गुमाएर १ सय ३ रन बनाउदै विजयी हासिल गर्यो ।
सो खेलमा आदिल अंसारीको विस्फोटक ब्याटिङले छिन्नमस्ता टिम विजय भएको खेलका प्राविधिक उदित यादवले जानकारी दिए । सो खेलमा छिन्नमस्ता टिमका आदिल असांरी घोषित भएको आयोजकले जनाएको छ ।
बजाज युथ र छिन्नमस्ता बरहीबिरपुर सेमिफाईनलमा प्रवेश
सारांश
- युवा शक्ति ष्स्क्लिव बिष्णुपुरद्वारा आयोजित उक्त प्रतियोगिताको पहिलो खेलमा टस जितेर रौतहट ११ ले निर्धारित २० ओभरमा ८ बिकेट गुमाई ९५ रनको योगफल खडा गरेको थियो ।
- जसमा शनि साह २६ रन, नितेश यादब १५ रन अविजित र सुमित यादबले ११ रन जोडेका थिए ।
- बलिँगतर्फ बजाजका बसिर अहमद ३, अनिल खरेल २ तथा राहुल मण्डल र बिबेक यादब १/१ बिकेट हात पारेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया