सामुदायिक प्रयासले पुनर्जीवन पायो सकरपुराको ऐतिहासिक पोखरी

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, कार्तिक २१, २०८३
|
|
९ पटक हेरिएको
Shares
सामुदायिक प्रयासले पुनर्जीवन पायो सकरपुराको ऐतिहासिक पोखरी

सारांश

  • तर, अहिले त्यही पोखरीले नयाँ जीवन पाएको छ ।
  • स्थानीय समुदायको सक्रियता र सामूहिक प्रयासबाट फोहोरको थुप्रो बनेको पोखरी पुनः सरसफाइ गरी नुहाउने, पूजापाठ गर्ने तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न योग्य बनाइएको हो ।
  • सकरपुरा सामुदायिक विपद् व्यवस्थापन समिति (सीडीएमसी) का सचिव २७ वर्षीय अरविन्द कुमार रायका अनुसार पोखरीको दयनीय अवस्थाले स्थानीय बासिन्दा निकै चिन्तित थिए ।
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक । 
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरा स्थित थान पोखरी कुनै समय गाउँकै लागि समस्याको विषय बनेको थियो । गाउँको बीचमा रहेको पोखरीमा जथाभावी फोहोर फालिदा यसको अवस्था यति दयनीय बनेको थियो कि त्यहाँ पस्न समेत नसकिने अवस्था थियो । फोहोर र दुर्गन्धले पोखरीको अस्तित्व मात्र संकटमा पारेको थिएन, गाउँको सुन्दरतामै असर पु¥याएको थियो ।
तर, अहिले त्यही पोखरीले नयाँ जीवन पाएको छ । स्थानीय समुदायको सक्रियता र सामूहिक प्रयासबाट फोहोरको थुप्रो बनेको पोखरी पुनः सरसफाइ गरी नुहाउने, पूजापाठ गर्ने तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न योग्य बनाइएको हो ।
सकरपुरा सामुदायिक विपद् व्यवस्थापन समिति (सीडीएमसी) का सचिव २७ वर्षीय अरविन्द कुमार रायका अनुसार पोखरीको दयनीय अवस्थाले स्थानीय बासिन्दा निकै चिन्तित थिए । गाउँकै बीचमा रहेको पोखरी फोहोरको थलो बन्दा वातावरण र गाउँको सौन्दर्य दुवै प्रभावित भएका थिए ।
कोका–कोला फाउन्डेसनको आर्थिक सहयोग, प्रस्पर ग्लोबलसँगको साझेदारी तथा जनचेतना अभियान नेपालको आयोजनामा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण परियोजना’ अन्तर्गत पोखरी सरसफाइ अभियान सञ्चालन गरिएको रायले बताए ।
उनका अनुसार पोखरी सफा गर्न स्थानीय समुदायलाई करिब एक महिना लागेको र सरसफाइपछि दुई पटक चुनासमेत हालिएको थियो । पोखरीको डिल मर्मतसम्भार गरी वृक्षारोपण समेत गरिएको छ ।
‘पहिले पोखरीमा पस्न समेत सकिँदैनथ्यो । अहिले नुहाउन, पूजापाठ गर्न र सांस्कृतिक गतिविधि सञ्चालन गर्न सकिने भएको छ,’ रायले भने, “अब यसको संरक्षण गर्ने जिम्मेवारी पनि हामी आफैँले लिनेछौँ ।”
पोखरीको पुनर्जीवनले स्थानीय समुदायमा सामूहिक जिम्मेवारी र सार्वजनिक सम्पत्तिको संरक्षणप्रतिको चेतना बढाएको छ । थान पोखरीको परिवर्तनले स्थानीयको सहभागिता र सहकार्यबाट उपेक्षित सामुदायिक सम्पदालाई समेत पुनर्जीवित गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत अरविन्दको कथन छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ