दैनिक समाचारदाता
राजविराज, १२ असार ।
प्रदेश नं २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारलाई राहत स्वरुप एक÷एक लाख प्रदान गरेको छ ।
प्रदेश नं २ का भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार चट्याङ लागेर मृत्यु भएका मृतक परिवारलाई सो रकम प्रदान गरेका हुन् ।
बिहीबारै मन्त्री साहले सो रकम दिने घोषणा गरेका थिए । उनी मृतक परिवारको घरमै गएर रकम प्रदान गर्नुका साथै चटयाङ लागेर मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरे । उनले चट्याङ लागेर घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरे ।
बिहीबार बिहान अविरल वर्षासँगै परेको चट्याङ लागेर महदेवा गाउँपालिकाका ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव, डाक्नेश्वरी नगरपालिका–९ की ३० वर्षीया ललितादेवी यादव, र राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको ज्यान गएको थियो ।
जसमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यस्तै जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ निवासी ५५ वर्षिया रुना सदा र राजगढ गाउँपालिका २ बेल्ही चपेनाकी १८ वर्षीया आशा मण्डल चट्याङ् लागेर घाइते भएकी थिइन् ।
चट्याङबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारद्वारा एक÷एक लाख
सारांश
- प्रदेश नं २ का भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार चट्याङ लागेर मृत्यु भएका मृतक परिवारलाई सो रकम प्रदान गरेका हुन् ।
- बिहीबारै मन्त्री साहले सो रकम दिने घोषणा गरेका थिए ।
- उनी मृतक परिवारको घरमै गएर रकम प्रदान गर्नुका साथै चटयाङ लागेर मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया