दैनिक समाचारदाता
राजविराज, १३ असोज ।
विपद्का घटनाहरुको बिस्तृत विवरण समावेश गरिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको विपद् पोर्टलको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
सक्षम परियोजना अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिका, कोशी पीडित समाज र युथइनोभेशन ल्याबको समन्वय तथा सहकार्यमा गाउँपालिकाको विपद् पोर्टल तयार गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले पोर्टलमा लगइन गरी उद्घाटन गरे । विपद् पोर्टल सञ्चालनको म्यानुअल डिआरआर फेलो वास्तोलाले प्रमुख प्रशासकीय अधिकृत झालाई हस्तान्तरण समेत गरे ।
तिलाठी कोइलाडी गाउँपालिकामा सन् २०११ देखि हालसम्मको भएको विपद्का घटनाहरुको विस्तृत विवरण पोर्टलमा राखिएको तथा आगामी दिनमा यस पोर्टललाई अझ अद्यावधिक गर्दै लगिने पोर्टल तयारीको लागि गाउँपालिकामा रहेका डिआरआर फेलो विपुल वास्तोलाले जानकारी दिए ।
विपद् पोर्टल उद्घाटनको अवसरमा प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झा, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले पोर्टलको प्रयोग लगायतको बारेमा मन्तब्य ब्यक्त गरे ।
तिलाठी कोइलाडी गाउँपालिकाको विपद् पोर्टलको उद्घाटन
सारांश
- सक्षम परियोजना अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिका, कोशी पीडित समाज र युथइनोभेशन ल्याबको समन्वय तथा सहकार्यमा गाउँपालिकाको विपद् पोर्टल तयार गरिएको हो ।
- गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले पोर्टलमा लगइन गरी उद्घाटन गरे ।
- विपद् पोर्टल सञ्चालनको म्यानुअल डिआरआर फेलो वास्तोलाले प्रमुख प्रशासकीय अधिकृत झालाई हस्तान्तरण समेत गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया