राजविराज÷मधेस प्रदेशका कानून न्याय तथा प्रदेश मामिला मन्त्री राजकुमार लेखीले दलहरु र नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति आमजनतामा विश्वास हराउँदै गएको बताएका छन् ।
शनिबार राजविराजमा आयोजित अनेम संघको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मुलुकलाई बिर्सेर आफ्नो मात्र लाभ हेर्नेहरूको देखासिखी एमालेले नगर्ने भन्नुहुँदै उनले एमाले सहमति तोड्ने, प्रतिबद्धता बिर्सिने, दलबदल गर्ने, केही प्राप्तिका लागि मरिहत्ते गर्ने र बाँडीचुँडी खाने पार्टी नभएको बताए ।
कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष अब्दुलमजिद साकिर, सचिव देवनाथ यादव, जनसंगठन समन्वय संयन्त्र प्रमुख दुर्गानन्द ठाकुर, अनेम संघकी केन्द्रीय सदस्य पार्वती राउतले ग्रासरुट अभियानले पार्टीलाई सुदृढ र पहिलो पार्टी बनाउन योगदान पु¥याउने भएकाले सबैको सक्रिय सहभागितामा जोड दिए ।
अनेम संघ सप्तरीका अध्यक्ष मिन्टु चौधरीको अध्यक्षता र शर्मिला खडकाद्वारा सञ्चालित कार्यक्रमको प्रमुख आतिथ्यता अनेम संघकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज असरा चौधरीले गरेकी थिइन् । कार्यक्रममा एमालेबाट स्थानीयतहमा निर्वाचित उपप्रमुखसहित महिला जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति विश्वास हराउँदै गएको छ ः मन्त्रि लेखी
सारांश
- कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष अब्दुलमजिद साकिर, सचिव देवनाथ यादव, जनसंगठन समन्वय संयन्त्र प्रमुख दुर्गानन्द ठाकुर, अनेम संघकी केन्द्रीय सदस्य पार्वती राउतले ग्रासरुट अभियानले पार्टीलाई सुदृढ र पहिलो पार्टी बनाउन योगदान पु¥याउने भएकाले सबैको सक्रिय सहभागितामा जोड दिए ।
- अनेम संघ सप्तरीका अध्यक्ष मिन्टु चौधरीको अध्यक्षता र शर्मिला खडकाद्वारा सञ्चालित कार्यक्रमको प्रमुख आतिथ्यता अनेम संघकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज असरा चौधरीले गरेकी थिइन् ।
- कार्यक्रममा एमालेबाट स्थानीयतहमा निर्वाचित उपप्रमुखसहित महिला जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया