मधेसमा दाइजो प्रथा र बालबिवाह न्युनिकरण गरि हटाउनुपर्छ ः मन्त्री साह

राजविराज राजविराज
|
मंगलबार, आश्विन ८, २०८१
|
|
२२ पटक हेरिएको
Shares
मधेसमा दाइजो प्रथा र बालबिवाह न्युनिकरण गरि हटाउनुपर्छ ः मन्त्री साह

सारांश

  •     सेभ द चिल्ड्रेन, सबल नेपाको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय बाल अधिकार परिषद्ले मंगलबार राजविराजमा आयोजना गरेको बालविवाह, उमेर नपुगी हुने विवाह तथा जबरजस्ती हुने विवाह रोकथामका लागि बालसंरक्षण संयन्त्रहरु, स्थानीय सरकार र विभिन्न सरोकारवाला निकाय तथा संघसंस्थाहरुको भूमिकाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साहले यस्तो बताएका हुन् ।
  •       उनले मधेसका जिल्लाहरुमा दहेज प्रथा र बालबिवाहको घटनाहरु भइरहेकोले त्यसलाई न्युनिकरण गर्नुपर्नेमा जोड समेत दिए ।
  • समाजमा असल नागरिकहरुलाई सजक बनाइ समाजमा भइरहेको भेदभाव र बिभिन्न बिकृतिहरुको अन्त्य गरि बालबिवाह बारे गाउँ÷गाउँमा चेतना जगाउनुपर्ने उनको सुझाव थियो ।

दैनिक समाचारदाता
राजविराज, ८ असोज ।  

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मधेसमा भइरहेको दाइजो प्रथा र बालबिवाह सम्बन्धि बिकृतिहरुलाई न्युनिकरण गरि हटाउनुपर्ने बताएका छन् ।
    सेभ द चिल्ड्रेन, सबल नेपाको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय बाल अधिकार परिषद्ले मंगलबार राजविराजमा आयोजना गरेको बालविवाह, उमेर नपुगी हुने विवाह तथा जबरजस्ती हुने विवाह रोकथामका लागि बालसंरक्षण संयन्त्रहरु, स्थानीय सरकार र विभिन्न सरोकारवाला निकाय तथा संघसंस्थाहरुको भूमिकाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साहले यस्तो बताएका हुन् । 
    उनले मधेसका जिल्लाहरुमा दहेज प्रथा र बालबिवाहको घटनाहरु भइरहेकोले त्यसलाई न्युनिकरण गर्नुपर्नेमा जोड समेत दिए । समाजमा असल नागरिकहरुलाई सजक बनाइ समाजमा भइरहेको भेदभाव र बिभिन्न बिकृतिहरुको अन्त्य गरि बालबिवाह बारे गाउँ÷गाउँमा चेतना जगाउनुपर्ने उनको सुझाव थियो । 
    “बाल बिवाहले बाल मृत्युदर बढी हुन्छ र यसले कम उमेरमा बच्चा जनमाएमा पनि महिलाहरुलाई स्वास्थ्यमा समेत असर गर्नेगर्छ” मन्त्री साहले भने, “शारीरिक, मानसिक तवरले पनि समस्या हुने गरेकोले त्यसलाई नियन्त्रण गर्नुपर्छ ।”    
    यस्तै मधेसमा भइरहेको दाइजो प्रथाका कारण अधिकांस परिवार पीडित भइरहेको भन्दै दाइजोमुक्त समाज निर्माण गर्ने तर्फ सबै मिली लाग्नु पर्ने जिकिर गरे । उनले बालबिवाहले महिलाहरुको मृत्युदर बढने देखिएकाले नेपालको कानुन अनुसार उमेर पुगेपछि मात्र बिवाह गनुपर्नेमा जोड दिदै छोरीहरुलाई छोरा सरह शिक्षा दिक्षा दिन अभिभावकहरुलाई आग्रह समेत गरे । 
    राष्ट्रिय बाल अधिकार परिषदका उपाध्यक्ष बम बहादुर बाँनियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति शिवनारायण साह, जिल्लाका स्थानिय तहका जनप्रतिनिधि, बिभिन्न कार्यालयका कर्मचारी, नागरिक समाज, बुद्धिजिवि, बिभिन्न बालक्लबका बालबालिका तथा पत्रकारहरुको उपस्थित रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते
मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते
मलेठ घटनाका सहिदको सम्झनामा आज सार्वजनिक विदा
मलेठ घटनाका सहिदको सम्झनामा आज सार्वजनिक विदा
क्लबको जग्गा व्यक्तिको नाममा गएपछि गाउँपालिकाले ग¥यो हस्तक्षेप
क्लबको जग्गा व्यक्तिको नाममा गएपछि गाउँपालिकाले ग¥यो हस्तक्षेप
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
बैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी नेपाल अग्रसर ः नेता महतो
बैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी नेपाल अग्रसर ः नेता महतो
लोसपा परित्याग गरेका मण्डल राष्ट्रिय मुक्ति अभियानमा जुडे
लोसपा परित्याग गरेका मण्डल राष्ट्रिय मुक्ति अभियानमा जुडे
बाढीबाट हुने क्षति न्युनिकरणका लागि ७ सय ७० मिटर बाध निर्माण
अवैध रुपमा खोलिएका सात वटा रक्सी भट्टी नष्ट
अवैध रुपमा खोलिएका सात वटा रक्सी भट्टी नष्ट
भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा 
भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा