प्रहरी प्रशासनबाट भइरहेको दुव्र्यहारबारे चिन्ता व्यक्त, प्रेस युनियन सप्तरीको नयाँ नेतृत्व चयन

राजविराज राजविराज
|
बुधबार, श्रावण १७, २०८०
|
|
३४ पटक हेरिएको
Shares
प्रहरी प्रशासनबाट भइरहेको दुव्र्यहारबारे चिन्ता व्यक्त, प्रेस युनियन सप्तरीको नयाँ नेतृत्व चयन

सारांश

  •     प्रेस युनियन सप्तरीको ७औं जिल्ला अधिवेशनको प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले यस्तो चिन्ता व्यक्त गर्दै यसबारे युनियनले आवश्यक कदम चाल्ने प्रतिबद्धता समेत जनाए ।
  •       उनले प्रेस स्वतन्त्रता र लोकतन्त्र स्थापनाका लागि युनियनले गरेको योगदान बारे चर्चा गर्दै पेशागत हकहीतको संरक्षणका लागि युनियन सदैव एक कदम अगाडी रहने जनाए ।
  •       उनले एउटै प्रकृतिका सबै संगठनमा समान दृष्टिकोण राखेर शुद्धीकरण हुनुपर्ने बताउँदै सदस्यता शुद्धीकरणको नाममा चुनाव जित्ने र हार्नेहरूको मोर्चा बन्नु नहने उनले सुझव दिए ।

दैनिक समाचारदाता
राजविराज, १७ साउन । 

    नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले पत्रकारहरुमाथी विभिन्न जिल्लामा प्रहरी प्रशासनबाट भइरहेको दुव्र्यहारबारे चिन्ता व्यक्त गरेका छन् । 
    प्रेस युनियन सप्तरीको ७औं जिल्ला अधिवेशनको प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले यस्तो चिन्ता व्यक्त गर्दै यसबारे युनियनले आवश्यक कदम चाल्ने प्रतिबद्धता समेत जनाए । 
    उनले प्रेस स्वतन्त्रता र लोकतन्त्र स्थापनाका लागि युनियनले गरेको योगदान बारे चर्चा गर्दै पेशागत हकहीतको संरक्षणका लागि युनियन सदैव एक कदम अगाडी रहने जनाए । 
    उनले एउटै प्रकृतिका सबै संगठनमा समान दृष्टिकोण राखेर शुद्धीकरण हुनुपर्ने बताउँदै सदस्यता शुद्धीकरणको नाममा चुनाव जित्ने र हार्नेहरूको मोर्चा बन्नु नहने उनले सुझव दिए । 


    यस्तै नेपाल प्रेस युनियनका उपाध्यक्ष अनिल कर्णले पछिल्ला दिनमा पत्रकार र प्रेसमाथि हुँदै आएका हमलाका घटनाप्रति युनियन गम्भीर रहेकोले प्रेस स्वतन्त्रताको रक्षार्थ आउनै लागेका चुनौतीलाई सामना गर्न आप्mनो साङ्गठनिक तथा कार्य योजना तय गर्ने बताए ।
    युनियनका जिल्ला अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, कंचनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ता, सुरुङ्गा नगरपालिकाका प्रमुख गिता चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष फुलकुमारी साह, अग्निसाइर कृष्णासवरण गाउँपालिकाका उपाध्यक्ष कल्पना चौधरी, कंचनरुप नगरपालिकाकी उपाध्यक्ष मुना पोखरेल, प्रेस युनियनका केन्द्रिय सदस्य सुधा देव, पत्रकार महासंघकी केन्द्रिय सदस्य ललिता साह, नेपाली काँग्रेस सप्तरीका सचिव सनत मण्डल, प्रेस संगठनका अध्यक्ष दिनानाथ यादव, समाजवादी प्रेस संगठनका अध्यक्ष अनिल पोखरेल, प्रेस मञ्चका अध्यक्ष भुषण सिंहलगायतले शुभकामना दिएका थिए ।
    यस्तै बुधबारै प्रेस युनियन सप्तरीको सातौं अधिवेशनले बिनयलाल कर्णको अध्यक्षतामा नयाँ नेतृत्वको चयन गरेको छ । कर्णको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा नवीनकुमार गुप्ता, महिला उपाध्यक्षमा ललिता साह, सचिवमा रमानन्द देव, सहसचिवमा परिष कर्ण तथा कोषाध्यक्षमा रामनारायण यादव रहेका छन् ।  
    सर्वसम्मतीले चयन भएको नयाँ कार्यसमितिको सदस्यहरुमा अरुण कुमार यादव, लोकेन्द्र कुमार यादव, महेश्वर भारती, निरजकुमार मण्डल, रंजित चौधरी, दिपेश जोशी र राजकुमार साह रहेका छन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ