सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च

राजविराज राजविराज
|
शुक्रबार, पौष २५, २०८२
|
|
२० पटक हेरिएको
Shares
सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च

सारांश

  •     सीमा सुरक्षा, सीमा क्षेत्रको नागरिकको समस्या नजिकबाट बुझ्ने प्रयास तथा आपसी सद्भाव अझ प्रगाढ बनाउने उद्देश्यकासाथ २५ औ स्थापना दिवसलाई सिमानाका क्षेत्र हुँदै पुर्व–पश्चिम झण्डा मार्च कार्यक्रम गर्न थालिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
  •     झापाबाट पैदलै पुगेको झण्डा मार्च टोलीमा सशस्त्र प्रहरी निरिक्षकको नेतृत्वमा ३५ जना सहभागि छन् ।
  • सप्तरीको सिमानामा पुगेपछि टोलीलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेडक्वाटर सप्तरीका प्रहरी उपरिक्षक रोशन बुढाथोकी सहितको टोलीले स्वागत गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २५ पुस । 

    सशस्त्र प्रहरीले झापाको मेची पुलबाट शुरु गरेको ‘पूर्व–पश्चिम झण्डा मार्च” शुक्रवार सप्तरी आईपुगेको छ । आफ्नो २५औं स्थापना दिवसलाई रजत जयन्ती समारोहको रुपमा मनाउन लागेको हो । 
    सीमा सुरक्षा, सीमा क्षेत्रको नागरिकको समस्या नजिकबाट बुझ्ने प्रयास तथा आपसी सद्भाव अझ प्रगाढ बनाउने उद्देश्यकासाथ २५ औ स्थापना दिवसलाई सिमानाका क्षेत्र हुँदै पुर्व–पश्चिम झण्डा मार्च कार्यक्रम गर्न थालिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
    झापाबाट पैदलै पुगेको झण्डा मार्च टोलीमा सशस्त्र प्रहरी निरिक्षकको नेतृत्वमा ३५ जना सहभागि छन् । सप्तरीको सिमानामा पुगेपछि टोलीलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेडक्वाटर सप्तरीका प्रहरी उपरिक्षक रोशन बुढाथोकी सहितको टोलीले स्वागत गरेका थिए । 
    दशगजा क्षेत्र नजिकै तथा सुनसरी सप्तरीको बीच सिमामा पर्ने हनुमाननगर कंकालिनी नगरपालिकाको कोशी ब्यारेज क्षेत्रमा आयोजित एक कार्यक्रमबीच सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे तथा सशस्त्र प्रहरी कोशी प्रदेशका डिआईजी कुमार न्यौपानेले सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल तथा मधेश प्रदेश सशस्त्र प्रहरीका डिआईजी कृष्ण ढकाललाई झण्डा हस्तान्तरण गरेका थिए ।
    उक्त झण्डा लिएर शुक्रवार नै सशस्त्र प्रहरीनिरिक्षकको नेतृत्वमा ३५ सदस्यीय टोली झण्डा मार्चमा प्रस्थान गरेका छन् । उक्त टोली सिरहा जिल्ला पुगेपछि अर्को टोलीलाई झण्डा हस्तान्तरण गर्ने र फेरि त्यहाँबाट झण्डा मार्च अघि बढ्ने सशस्त्र प्रहरी उपरिक्षक रोशन बुढाथोकीले जानकारी दिए ।
    सशस्त्र प्रहरीको २५औं स्थापना दिवस अगामी माघ ९ गते परेको छ । यसलाई रजत जयन्ती समारोहको रुपमा मनाउने क्रममा मेची र महाकालीबाट एकैसाथ झण्डा मार्च सुरु भएको हो । दुबै तर्फको टोली माघ ७ गते पर्साको ठोरीमा पुग्नेछन् । त्यसपछि विशेष समारोहको आयोजना गरिने कार्यक्रम रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नदी खोलाबाट मापदण्ड विपरीत बालुवा, गिटीको उत्खनन्  
नदी खोलाबाट मापदण्ड विपरीत बालुवा, गिटीको उत्खनन्  
डेरीलाई डिप फ्रिज र मिल्क क्यान तथा  मासु विक्रेतालाई डिप फ्रिज बितरण
डेरीलाई डिप फ्रिज र मिल्क क्यान तथा  मासु विक्रेतालाई डिप फ्रिज बितरण
नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता
आइतबारदेखी जोरबिजोर प्रणालीमा सवारीसाधान संचालन
आइतबारदेखी जोरबिजोर प्रणालीमा सवारीसाधान संचालन
उपप्रमुख यादवलाई अनुसन्धानका लागि  तीन दिन हिरासतमा राख्न म्याद थप
उपप्रमुख यादवलाई अनुसन्धानका लागि  तीन दिन हिरासतमा राख्न म्याद थप
बजाज खडक वारियर्स फाइनलमा
बजाज खडक वारियर्स फाइनलमा
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)
आफ्नै जग्गामा छिमेकीले दाबी गर्दा न्याय खोज्दै बृद्घ साह भौतारिदै
आफ्नै जग्गामा छिमेकीले दाबी गर्दा न्याय खोज्दै बृद्घ साह भौतारिदै