राजविराज÷२१ राष्ट्रिय धान दिवसको अवसरमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ७ मन्सापुरमा शनिबार धान रोपेर दिवस मनाइएको छ ।
“जलवायुमैत्री कृषि धान उत्पादनमा वृद्धि” नाराका साथ तिलाठी कोईलाडी गाउँपालिकाको कृषि विकास शाखाद्वारा सेभ द सप्तरीसँगको सहकार्यमा धान दिवस मनाइएको हो ।
सो अवसरमा मन्सापुरस्थित कमलेश्वरी कृषक समूहको समन्वयमा कृषकद्वारा रोपाईंको लागि तयार पारिएको खेतमा धान रोपाईं गरिएको हो ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्ण, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, मुनिलाल मुखिया, ललन प्रसाद राउत र हरिनारायण मण्डल, कृषि विकास अधिकृत उदयकान्त झा, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव लगायतको सहभागिता रहेको गाउँपालिकाका सूचनाअधिकारी राजेश कुमार झाले जानकारी दिएका छन् ।
धान रोपाईंपछि दही, च्यूरा र आँप समेत खुवाइएको थियो । रोपाईं तथा दही च्यूरा खाने कार्यक्रममा विभिन्न बिषयगत शाखाका कर्मचारीहरु, सेभ द सप्तरीका पदाधिकारी तथा कर्मचारीहरु, वडा सचिवहरु, कृषक तथा पत्रकार समेतको सहभागिता रहेको थियो ।
मन्सापुरमा धान दिवस मनाइयो
सारांश
- सो अवसरमा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्ण, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, मुनिलाल मुखिया, ललन प्रसाद राउत र हरिनारायण मण्डल, कृषि विकास अधिकृत उदयकान्त झा, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव लगायतको सहभागिता रहेको गाउँपालिकाका सूचनाअधिकारी राजेश कुमार झाले जानकारी दिएका छन् ।
- धान रोपाईंपछि दही, च्यूरा र आँप समेत खुवाइएको थियो ।
- रोपाईं तथा दही च्यूरा खाने कार्यक्रममा विभिन्न बिषयगत शाखाका कर्मचारीहरु, सेभ द सप्तरीका पदाधिकारी तथा कर्मचारीहरु, वडा सचिवहरु, कृषक तथा पत्रकार समेतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया