राजविराज÷२१ राष्ट्रिय धान दिवसको अवसरमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ७ मन्सापुरमा शनिबार धान रोपेर दिवस मनाइएको छ ।
“जलवायुमैत्री कृषि धान उत्पादनमा वृद्धि” नाराका साथ तिलाठी कोईलाडी गाउँपालिकाको कृषि विकास शाखाद्वारा सेभ द सप्तरीसँगको सहकार्यमा धान दिवस मनाइएको हो ।
सो अवसरमा मन्सापुरस्थित कमलेश्वरी कृषक समूहको समन्वयमा कृषकद्वारा रोपाईंको लागि तयार पारिएको खेतमा धान रोपाईं गरिएको हो ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्ण, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, मुनिलाल मुखिया, ललन प्रसाद राउत र हरिनारायण मण्डल, कृषि विकास अधिकृत उदयकान्त झा, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव लगायतको सहभागिता रहेको गाउँपालिकाका सूचनाअधिकारी राजेश कुमार झाले जानकारी दिएका छन् ।
धान रोपाईंपछि दही, च्यूरा र आँप समेत खुवाइएको थियो । रोपाईं तथा दही च्यूरा खाने कार्यक्रममा विभिन्न बिषयगत शाखाका कर्मचारीहरु, सेभ द सप्तरीका पदाधिकारी तथा कर्मचारीहरु, वडा सचिवहरु, कृषक तथा पत्रकार समेतको सहभागिता रहेको थियो ।
मन्सापुरमा धान दिवस मनाइयो
सारांश
- सो अवसरमा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्ण, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, मुनिलाल मुखिया, ललन प्रसाद राउत र हरिनारायण मण्डल, कृषि विकास अधिकृत उदयकान्त झा, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव लगायतको सहभागिता रहेको गाउँपालिकाका सूचनाअधिकारी राजेश कुमार झाले जानकारी दिएका छन् ।
- धान रोपाईंपछि दही, च्यूरा र आँप समेत खुवाइएको थियो ।
- रोपाईं तथा दही च्यूरा खाने कार्यक्रममा विभिन्न बिषयगत शाखाका कर्मचारीहरु, सेभ द सप्तरीका पदाधिकारी तथा कर्मचारीहरु, वडा सचिवहरु, कृषक तथा पत्रकार समेतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया