दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ५ को दुई विद्यालयमा बालबालिकालाई पोशाक वितरण गरिएको छ ।
विहिबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्राथमिक विद्यालय को.बर्साइन र राष्ट्रिय प्राथमिक विद्यालय कुशहा को. बर्साइनका बालबालिकालाई गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल र वडा अध्यक्ष ललन प्रसाद राउतले पोशाक वितरण गरेका हुन् ।
बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई सर्ट, पाइन्ट, स्वेटर, जुत्ता र मोजा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
सो अवसरमा गाउँपालिका अध्यक्ष मण्डलले बालबालिकालाई सिकाई उपलब्धी हासिल गर्न पोशाकले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको बताउँदै बालबालिकाको सिकाईप्रति अभिभावक पनि सचेत हुनु जरुरी रहेको उल्लेख गरे ।
बालबालिकामा पोशाककै कारण विभेद नहोस् र एकरुपता कायम गर्न वडाको बजेटबाट बालबालिकालाई पोशाक वितरण गरिएको वडा नं. ५ का अध्यक्ष ललन प्रसाद राउतले बताए । उनले आफ्नो वडाको चार वटै विद्यालयका बालबालिकालाई पोशाक वितरणको कार्यक्रम राखिएको बताए ।
राष्ट्रिय प्राथमिक विद्यालय को.बर्साइन विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामनारायण पण्डितको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झा, विद्यालयका प्रधानाध्यापक केदार पण्डित लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।
यसैगरी राष्ट्रिय प्राथमिक विद्यालय कुशहा को. बर्साइन विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उमाशंकर सिंंहको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रम अधिकृत राजेश कुमार झा, स्थानीय सुनिल कुमार सिंह, विद्यालयका प्रधानाध्यापक बालेश्वर साह सहितकाले मन्तब्य ब्यक्त गरेका थिए ।
बालबालिकालाई पोशाक वितरण
सारांश
- विहिबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्राथमिक विद्यालय को.
- बर्साइन र राष्ट्रिय प्राथमिक विद्यालय कुशहा को.
- बर्साइनका बालबालिकालाई गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल र वडा अध्यक्ष ललन प्रसाद राउतले पोशाक वितरण गरेका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया