दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
सप्तरीको सबैभन्दा बढी मतदाता रहेको निर्वाचन क्षेत्र नं.१ मा प्रतिनिधी सभासदस्य पदको चुनाव जित्न विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
सर्वाधिक १ लाख १९ हजार ४३ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा एक प्रतिनिधिसभा सदस्य पदका लागि विभिन्न दल र स्वतन्त्रका गरी ५ महिला सहित २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
चारवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा सप्तरी १ बाट नेपाली काँग्रेसका जिल्ला सभापति रामदेव साह, नेकपा एमालेका सुमनराज प्याकुरेल, जनमत पार्टीका डा.जयकान्त राउत, स्वाभिमान पार्टीका सुमित साह र रास्वपाका पुष्पा चौधरीबीच मुख्य रुपमा प्रतिस्पर्धा हुने देखिएको छ ।
यस क्षेत्रबाट काँग्रेसका उम्मेदवार साह लगातार दुई निर्वाचन देखि उम्मेदवार बन्दै आएका छन् तर, सफलता हात परेको छैन् । यस अघिको निर्वाचनमा तेस्रो स्थानमा रहेका उनी यस पटकको निर्वाचनमा आफ्नो पक्षमा माहौल बन्दै गएकाले जित निकाल्ने दावी गरेका छन् ।
यस्तै दुई पटक सोही क्षेत्रबाट पराजय भोगेका नेकपा एमालेका उम्मेदवार प्याकुरेलले यसपटक आफु निर्वाचनमा सफलता प्राप्त गर्ने दावी गरेका छन् । उनले यस क्षेत्रबाट जितेकाले केही गर्न नसकेको भन्दै आफु जितेर क्षेत्रको विकास गर्ने मतदाता माझ प्रतिबद्धता जनाएका छन् ।
जनमतका अध्यक्ष डा.सिके राउतका दाजु डा.जयकान्त राउत पनि चुनावी प्रतिस्पर्धामा छन । २०७९ को निर्वाचनमा दोश्रो स्थानमा रहेका उनी यस पल्ट मतदाताले आफुलाई विश्वास गर्ने र जीत निकाल्ने विश्वास ब्यक्त गर्दै आएका छन ।
रास्वपाबाट उम्मेदवार बनेकी पुष्पा चौधरीले आफ्नो पार्टी प्रति आम मतदाताको आर्कषण बढ्दै गएकोले जनलहरको फाईदा आफुलाई हुने र चुनाव पनि जित्ने दावी गरेकी छिन् ।
यस क्षेत्रमा अघिल्लो निर्वाचनमा जसपा नेपालका तर्फबाट उम्मेदवार भएका नवल किशोर साहले जितेका थिए । यस पल्ट उनको छोरा सुमित नयाँ दल स्वभिमान पार्टीबाट उम्मेदवार बनेर चुनावी मैदानमा ओर्लेका छन । आफनो पक्षमा स्वतफुर्त रुपमा जनलहर देखिएको र त्यो जनलहर मतदान सम्म कायम रहने र आफु नै चुनाव जित्ने उनको दावी छ ।
यस क्षेत्रबाट नेकपाका रविन्द्र चौधरी, जसपा नेपालका श्यामसुन्दर सरदार, उज्यालो नेपाल पार्टीका हर्खनारायण चौधरी, राप्रपाका सत्यजित कुमार झा, नेपाल जनता पार्टीका दिपेन्द्र प्रसाद यादव, नेपाल जनता संरक्षणपार्टीका खेमराज जैशी, नागरिक उन्नमुक्ति पार्टीका टिका लक्ष्मी चौधरी, राष्ट्रिय एकता दलका शम्भु प्रसाद यादव र ५ स्वतन्त्र गरी २१ जना उम्मेदवार पहिलो स्थान प्राप्त गर्नेमा प्रयासरत छन् । यस क्षेत्रमा कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका र तिरहुत गाउँपालिका गरी ५ पालिका पर्दछ ।
सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
सारांश
- सर्वाधिक १ लाख १९ हजार ४३ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा एक प्रतिनिधिसभा सदस्य पदका लागि विभिन्न दल र स्वतन्त्रका गरी ५ महिला सहित २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
- चारवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा सप्तरी १ बाट नेपाली काँग्रेसका जिल्ला सभापति रामदेव साह, नेकपा एमालेका सुमनराज प्याकुरेल, जनमत पार्टीका डा.
- जयकान्त राउत, स्वाभिमान पार्टीका सुमित साह र रास्वपाका पुष्पा चौधरीबीच मुख्य रुपमा प्रतिस्पर्धा हुने देखिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया