दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा संचालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगिताको उपाधी नमो बुद्ध फुटबल टिम मझौ सप्तरीले हात पारेको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न फइनलमा तालतलैया फुटबल टिम सुनसरीलाई ट्राईब्रेकरमा तीनका बिरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै मझौले उपाधी हात पारेको हो ।
दोश्रो हाफको ५ औ मिनेटमा डिबक्स भित्र पाएको पेलान्टीलाई सदुपयोग गर्दै मझौका कृपा चौधरीले गोल गरी टिमलाई अग्रता दिलाएको थियो । २७ औ मिनेटमा तालतलैयाका बिष्णु बहादुर श्रेष्ठले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछि कुनै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिएको थियो ।
उपाधीसँगै बिजेता मझौ ले नगद ५५ हजार पाँच तथा ट्रफी हात परेको छ भने उपबिजेता सुनसरीले नगद ४५ हजार पाँच र कपमा चित बुझाएको छ ।
प्रतियोगिता पश्चात् आयोजित समापन तथा पुरस्कार बितरण कार्यक्रममा शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ता, उपप्रमुख अनिता कुमारी चौधरी, खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीयाद्वारा गत पुस २४ गते देखि संचालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुरका बिभिन्न १२ क्लबको सहभागिता रहेको थियो ।
नमो बुद्धलाई मेयर कप फुटबलको उपाधी
सारांश
- प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न फइनलमा तालतलैया फुटबल टिम सुनसरीलाई ट्राईब्रेकरमा तीनका बिरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै मझौले उपाधी हात पारेको हो ।
- दोश्रो हाफको ५ औ मिनेटमा डिबक्स भित्र पाएको पेलान्टीलाई सदुपयोग गर्दै मझौका कृपा चौधरीले गोल गरी टिमलाई अग्रता दिलाएको थियो ।
- २७ औ मिनेटमा तालतलैयाका बिष्णु बहादुर श्रेष्ठले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया