दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
साढे तीन वर्षको अवधीमा सप्तरीबाट हराएका मध्येबाट एक सय भन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न सकेका छैनन् ।
सो अवधीमा जिल्लाबाट हराएका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकमध्ये १ सय ११ जना अहिलेसम्म फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले लैङ्गिक हिंसाबिरुद्ध आयोजना गरेको अन्तरकृया कार्यक्रममा आर्थिक बर्ष २०७८÷०७९, ०७९÷०८०, २०८०÷०८१ र चालु आ.ब. २०८२÷०८३ को हालसम्म हराएका १ सय ११ जना फेला पर्न नसकेको प्रहरी निरीक्षक अनिल साहले जानकारी दिएका छन् । तीन बर्षमा ४ सय २६ जना हराएकोमा ३ सय ६१ जना फेला परेको तथा ६५ जना अझै फेला नपरेको उनले बताए ।
यस अवधिमा ४६ जना बालक हराएकोमा ३९ जना फेला परेको तथा ७ जना अझै फेला नपरेको, १ सय ५२ जना बालिका मध्येबाट १ सय १९ जना भेटिएको, २ सय ११ जना महिला मध्येबाट १ सय ९५ जना भेटिएको र ९ जना ज्येष्ठ नागरिक हराएकोमा ८ जना भेटिएको प्रहरीको तथ्यांकले देखाएको छ ।
यस्तै चालु आ.ब. २०८२÷८३ को साउनदेखि अहिलेसम्म १ सय ३९ जना हराएकोमा ८० जना भेटिएको र ४६ जना अझै फेला पर्न सकेको नसकेको प्रहरीले जनाएको छ । यसरी ६५ जना र ४६ जना गरी एक सय ११ जना अझै बेपत्ता छन् ।
यस अवधीमा १० जना बालक हराएकोमा ८ जना फेला परेको, ५२ जना बालिका हराएकोमा ३२ जना भेटिएको, ६१ जना महिला हराएकोमा ३१ जना भेटिएको, १४ जना पुरुष हराएकोमा ८ जना भेटिएको र २ जना ज्येष्ठ नागरिक हराएकोमा १ जना भेटिएको कार्यक्रममा गरिएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीमा ५ महिनामा ९५ वटा महिला हिंसाका उजुरी परेको जानकारी दिइएको छ । प्रहरीका अनुसार चालु आ.ब.को साउनदेखि अहिलेसम्म ९५ वटा उजुरी पर्दा ७० वटाको मिलापत्र गराइएको र २५ वटा सम्पर्कमा नआएकाले बाँकी रहेको हो ।
यस अवधीमा घरेलु हिंसा सम्बन्धी १४ वटा निवेदन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रमा परेको छ । त्यसमध्ये १२ वटाको मिलापत्र गराइएको र २ वटा बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
सारांश
- सो अवधीमा जिल्लाबाट हराएका बालबालिका, महिला तथा ज्येष्ठ नागरिकमध्ये १ सय ११ जना अहिलेसम्म फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको हो ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीले लैङ्गिक हिंसाबिरुद्ध आयोजना गरेको अन्तरकृया कार्यक्रममा आर्थिक बर्ष २०७८÷०७९, ०७९÷०८०, २०८०÷०८१ र चालु आ.
- ब.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया