दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
मिटरव्याजी सम्बन्धी निवेदनको विषयलाई लिएर सप्तरीको रुपनी गाँपालिका ३ मकरी टोलका सुरेन्द्र कुमार रामलाई निर्घात कुटपीट गरिएको आरोप लगाइएको छ ।
शुक्रबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनका वुवा रुन्दीलाल रामले यस्तो आरोप लगाएका हुन् ।
शम्भुनाथ नगरपालिका ४ का अजय साहले सुरेन्द्रलाई कुटपिट गरेकोले कडा कारवाही गर्न माग गरिएको छ । तीन दिन अघि जग्गा विवाद तथा अजय साह विरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरी दिइएको सुरेन्द्रका बुबा रुन्दीलालले बताए ।
उनले आफ्नो जग्गा हडप्ने नियतले अजयको नेतृत्वका आएका एक समुहले छोरालाई निर्घात कुटपीट गरी घाईते बनाएको भन्दै दोषीलाई अविलम्ब पक्राउ गरी कानुनी कारवाही गर्नू पर्ने माग गरे । उनले छोरालाई मरनासन्न हुने गरी कुटपीट गर्नेहरु विरुद्ध अघिल्लो दिन विहीवार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको जानकारी समेत गराए । उनले समस्या पर्दा गाउँ कै साहु लिलादेवी नजिक आफनो जग्गा धितो राखी २०७२ सालमा ९ लाख रुपैया ऋण लिएको सुनाए । जग्गा पास गराएर ४ कठ्ठा जग्गा धितो राखी उठाएको ऋण मध्ये पटक÷पटक गरी ९ लाख ३४ हजार ५ सय रुपैया बुझाउँदा पनी जग्गा फिर्ता न गरेको तथा उक्त जग्गा अजय साहलाई बेचिएको थाहा पाएपछि विवाद सूरु भएको उनको भनाई छ ।
यसबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उनीहरु विरुद्ध अनुचित लेनदेन सम्बन्धि निवेदन दिएपछि आक्रोशित भई आपुृmमाथी आक्रमण भएको सुरेन्द्रले बताए ।
शुक्रवार नै संयुक्त राजनीतीक दलित संघर्ष समितीका संयोजक भुवनेश्वर रजकले पनि एक प्रेस विज्ञप्ती मार्फत घट्नाको सत्यतथ्य छानवीन तथा दोषीमाथी कारवाहीको माग गरेको छ ।
यस सम्बन्धमा पीडक भनिएका अजय साह संग पटक÷पटक सम्पर्कको प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । यता प्रहरीले उक्त घटनाबारे अनुसन्धान भईरहेको तथा दोषी पाइएकालाई कानुन बमोजिम कारवाही गरिने जनाएको छ ।
न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
सारांश
- शुक्रबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनका वुवा रुन्दीलाल रामले यस्तो आरोप लगाएका हुन् ।
- शम्भुनाथ नगरपालिका ४ का अजय साहले सुरेन्द्रलाई कुटपिट गरेकोले कडा कारवाही गर्न माग गरिएको छ ।
- तीन दिन अघि जग्गा विवाद तथा अजय साह विरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरी दिइएको सुरेन्द्रका बुबा रुन्दीलालले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया