दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
मिटरव्याजी सम्बन्धी निवेदनको विषयलाई लिएर सप्तरीको रुपनी गाँपालिका ३ मकरी टोलका सुरेन्द्र कुमार रामलाई निर्घात कुटपीट गरिएको आरोप लगाइएको छ ।
शुक्रबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनका वुवा रुन्दीलाल रामले यस्तो आरोप लगाएका हुन् ।
शम्भुनाथ नगरपालिका ४ का अजय साहले सुरेन्द्रलाई कुटपिट गरेकोले कडा कारवाही गर्न माग गरिएको छ । तीन दिन अघि जग्गा विवाद तथा अजय साह विरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरी दिइएको सुरेन्द्रका बुबा रुन्दीलालले बताए ।
उनले आफ्नो जग्गा हडप्ने नियतले अजयको नेतृत्वका आएका एक समुहले छोरालाई निर्घात कुटपीट गरी घाईते बनाएको भन्दै दोषीलाई अविलम्ब पक्राउ गरी कानुनी कारवाही गर्नू पर्ने माग गरे । उनले छोरालाई मरनासन्न हुने गरी कुटपीट गर्नेहरु विरुद्ध अघिल्लो दिन विहीवार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको जानकारी समेत गराए । उनले समस्या पर्दा गाउँ कै साहु लिलादेवी नजिक आफनो जग्गा धितो राखी २०७२ सालमा ९ लाख रुपैया ऋण लिएको सुनाए । जग्गा पास गराएर ४ कठ्ठा जग्गा धितो राखी उठाएको ऋण मध्ये पटक÷पटक गरी ९ लाख ३४ हजार ५ सय रुपैया बुझाउँदा पनी जग्गा फिर्ता न गरेको तथा उक्त जग्गा अजय साहलाई बेचिएको थाहा पाएपछि विवाद सूरु भएको उनको भनाई छ ।
यसबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उनीहरु विरुद्ध अनुचित लेनदेन सम्बन्धि निवेदन दिएपछि आक्रोशित भई आपुृmमाथी आक्रमण भएको सुरेन्द्रले बताए ।
शुक्रवार नै संयुक्त राजनीतीक दलित संघर्ष समितीका संयोजक भुवनेश्वर रजकले पनि एक प्रेस विज्ञप्ती मार्फत घट्नाको सत्यतथ्य छानवीन तथा दोषीमाथी कारवाहीको माग गरेको छ ।
यस सम्बन्धमा पीडक भनिएका अजय साह संग पटक÷पटक सम्पर्कको प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । यता प्रहरीले उक्त घटनाबारे अनुसन्धान भईरहेको तथा दोषी पाइएकालाई कानुन बमोजिम कारवाही गरिने जनाएको छ ।
न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
सारांश
- शुक्रबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनका वुवा रुन्दीलाल रामले यस्तो आरोप लगाएका हुन् ।
- शम्भुनाथ नगरपालिका ४ का अजय साहले सुरेन्द्रलाई कुटपिट गरेकोले कडा कारवाही गर्न माग गरिएको छ ।
- तीन दिन अघि जग्गा विवाद तथा अजय साह विरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरी दिइएको सुरेन्द्रका बुबा रुन्दीलालले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सदा बस्तीका तीन परिवारले आफन्त जिवित्तै फर्केर आउने आश अझै मारेका छैनन्
४८ किलो लागुऔषध गाजा बरामद
समग्र विकासका आधारसहित १६ बुदे माग तथा सुझाव राख्दै गाउँपालिकालाई बुझाइए ज्ञापनपत्र
सप्तरीबाट हराइरहेका एक बालक र दुई बालिकाको नयाँ दिल्लीबाट उद्धार
संघीयतामैत्री मिडिया कानुन निर्माणका लागि प्रदेशका सञ्चार नेतृत्वद्वारा संचारमन्त्रीलाई सुझावपत्र
रहेनन् हरि बाबु
लेखापढी व्यवसायी परीक्षामा आर्थिक अनियमितता भएको बारका पूर्वअध्यक्षहरुको आरोप
प्रतिक्रिया
० प्रतिक्रिया