राजविराज/कोशी पीडित समाजको आयोजनामा स्वच्छताका लागि व्यवहार परिवर्तन अन्तरगत कोभिड रेस्पोन्स तथा सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ ।
अक्सफाम नेपालको आर्थिक सहयोग तथा नेपाल सरकार, यूके एड, एचबिसीसी र युनिलिभरको समन्वयमा सो नाटक सप्तरीको तिरहुत गाउँपालिकास्थित गोइठी, कंचनरुप नगरपालिकाको बदगामा र बरमझियामा सो सडक नाटक प्रदर्शन गरिएको छ ।
कोभिडबाट बच्नका लागि पूर्ण सरसफाई अन्तरगत विभिन्न प्रकोपबाट नियमित साबुन पानीले हात धुने, घरपरिवारको व्यवहार परिवर्तन गर्ने र लैगिङ्क विभेद न्युनिकरणका लागि नाटकमा अभिनयद्वारा प्रदर्शन गरिएको छ ।
आउने दिनमा हरेक प्रकारका रोगबाट बच्नका लागि सरसफाई नै उत्तम विकल्प रहेको भन्ने विषयलाई नाटकमा मञ्चन गरिएको कोशी पीडित समाजका निर्देशक देवनारायण यादवले जानकारी दिए ।
स्थानिय कलाकार एवं रेडियोकर्मी जिवछ दासको संयोजनमा प्रदर्शन गरिएको सो सडक नाटकमा डिपि शास्त्री, सुभाष विरपुरिया, दिलकान्त चौधरी, दशमी यादव, अस्मिता देव, देवकरण दास, श्रीराम ठाकुर र हरेराम दास लगायतका कलारहरुले अभिनय गरेका थिए ।
कोभिडबाट बच्न सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न
सारांश
- आउने दिनमा हरेक प्रकारका रोगबाट बच्नका लागि सरसफाई नै उत्तम विकल्प रहेको भन्ने विषयलाई नाटकमा मञ्चन गरिएको कोशी पीडित समाजका निर्देशक देवनारायण यादवले जानकारी दिए ।
- स्थानिय कलाकार एवं रेडियोकर्मी जिवछ दासको संयोजनमा प्रदर्शन गरिएको सो सडक नाटकमा डिपि शास्त्री, सुभाष विरपुरिया, दिलकान्त चौधरी, दशमी यादव, अस्मिता देव, देवकरण दास, श्रीराम ठाकुर र हरेराम दास लगायतका कलारहरुले अभिनय गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया