दैनिक समाचारदााता
राजविराज, १४ भदौ ।
मधेश प्रदेशसभाको शुक्रबारको बैठकमा विटौरी जग्गा समस्या समाधान नभएको सम्बन्धी आवाज उठेको छ ।
प्रदेशसभामा बोल्दै प्रदेश सांसद किरण कुमारी साहले उक्त मुद्दा उठाएकी हुन् । साविक ६० बिगहा क्षेत्रफलमा रहेको राजविराज नगरपालिकाका ५ हजार २ सय परिवारका नाममा रहेको जग्गाको लालपुर्जा नरहेको र विटौरी रसिदकै आधारमा जग्गाको भोग चलन गर्दै आएको बताउँदै उनले यस्तो जग्गा बैंकले धितो राख्न नमान्दा मिटरब्याजीको चुँगलमा फस्न बाध्य भएको बताईन् ।
साहु महाजनको चर्को ब्याजबाट मुक्ति दिलाउनका लागि संघीय सरकार संग समन्वय गरेर भएपनि त्यस्तो जग्गाको लालपुर्जा अविलम्ब उपलब्ध गराउनुपर्ने तर्फ उनले सरकारको ध्यानाकर्षण गराईन् ।
यस्तै उनले राजविराज नगरपालिका वडा नम्बर १५ मा किसानहरुको सुविधाका लागि २०७५ साल देखि नै निर्माण शुरु भएको तीन हजार मैट्रिक टन क्षमता भएका शित भण्डार भवन हालसम्म अधुरो र अलपत्र अवस्थामा रहेको भन्दै निर्माण कार्यलाई पूर्णता दिई शित भण्डार संचालनका लागि पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराईन् ।
यस्तै लामो समयदेखि जिर्न अवस्थामा रहेको राजविराज–छिन्नमस्ता सडकको मरमत सम्भारमा पहल गर्न तथा हिंसामा परेका महिलाहरुको उचित व्यवश्रथापनका लागि राजविराजमा बनाईएको महिला सेफ हाउसको संचालन तथा व्यवस्थापन ऐन अविलम्ब ल्याई त्यसलाई सूचारु गनुपर्ने समेत सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
प्रदेशसभामा उठ्यो राजविराजको विटौरी जग्गाको मुद्दा
सारांश
- प्रदेशसभामा बोल्दै प्रदेश सांसद किरण कुमारी साहले उक्त मुद्दा उठाएकी हुन् ।
- साविक ६० बिगहा क्षेत्रफलमा रहेको राजविराज नगरपालिकाका ५ हजार २ सय परिवारका नाममा रहेको जग्गाको लालपुर्जा नरहेको र विटौरी रसिदकै आधारमा जग्गाको भोग चलन गर्दै आएको बताउँदै उनले यस्तो जग्गा बैंकले धितो राख्न नमान्दा मिटरब्याजीको चुँगलमा फस्न बाध्य भएको बताईन् ।
- साहु महाजनको चर्को ब्याजबाट मुक्ति दिलाउनका लागि संघीय सरकार संग समन्वय गरेर भएपनि त्यस्तो जग्गाको लालपुर्जा अविलम्ब उपलब्ध गराउनुपर्ने तर्फ उनले सरकारको ध्यानाकर्षण गराईन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया