सहिद परिवारलाई सहयोग जुट्दै

राजविराज राजविराज
|
मंगलबार, आषाढ १०, २०७६
|
|
० पटक हेरिएको
Shares
सहिद परिवारलाई सहयोग जुट्दै

सारांश

  • दैनिक समाचारदाता राजविराज, ९ असार ।
  •       प्रदेश सभा सदस्य बिदेश्वर यादबको संसदीय विकास कोषवाट सहिद परिवारका छोराछोरीलाई साइकल, शैक्षिक सामग्री बितरण सँगै सम्मान गरिएको छ ।
  •     सोमवार एक कार्यक्रमबिच मधेश आन्दोलनको क्रममा शहिद भएका परिवारलाई प्रदेश सभा सदस्य यादवले एक÷एक थान साईकलसहित शैक्षिक सामग्री प्रदान गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, ९ असार । 
    प्रदेश सभा सदस्य बिदेश्वर यादबको संसदीय विकास कोषवाट सहिद परिवारका छोराछोरीलाई साइकल, शैक्षिक सामग्री बितरण सँगै सम्मान गरिएको छ ।
    सोमवार एक कार्यक्रमबिच मधेश आन्दोलनको क्रममा शहिद भएका परिवारलाई प्रदेश सभा सदस्य यादवले एक÷एक थान साईकलसहित शैक्षिक सामग्री प्रदान गरेको हो ।
    मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका सप्तरीका आनन्द साह, नागेश्वर यादब, राजिव राउत, रामकृष्ण राउत, रघु साफी, बिरेन्द्र राम, संजन मेहता, ईनरदेब यादब, पिताम्वर मण्डल, बिरेन्द्र मेहता र बालकृष्ण रायलगायत १२ जना सहिद परिवारका छोराछोरीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले साइकल र शैक्षिक सामग्री प्रदान गरिएको छ ।


    सो अवसरमा प्रदेश सभा सदस्य यादबले शहिदहरूको बलिदानलाई सम्मान स्वरूप उनीहरूको परिवारलाई केही बजेट छुट्याईएर साईकल, सोलार, सिलिगं फ्यान र शैक्षिक सामग्री बितरण गरिएको बताए ।
    प्रदेश सभा सदस्य यादबले भविष्यमा पनि सहिद परिरवारका लागि आफ्नो तर्फबाट थप सेवा र सहयोग प्रदान गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।  
    युवा सशक्तीकरण संघ सप्तरीका अध्यक्ष किसोर कुमार यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा राजपा नेपालका केन्द्रीय सदस्य दिनेश कुमार यादब, दिपेन्द्र चौधरी, हरेराम यादब, बिरेन्द्र साह क्रान्ती, राजपा जिल्ला संयोजक अमरनाथ मण्डल, सहिद परिवारका सदस्य पुनम साह, नेपाल पत्रकार महासँघ सप्तरी सहसचिव चन्दनकुमार यादब लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?