दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
पिएम कप महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत सप्तरी जिल्ला छनोट प्रतियोगिता तथा त्रिकोणात्मक सिरिजमा खडक बिजयी भएका छन ।
मंगलबारको खेलमा खडकले सुरूङ्गालाई २० रनले पराजित गर्दै जित हात पारेको हो । टस जितेर खडकले ब्याटिंङ गर्दै निर्धारित २० ओभरमा २ बिकेटको क्षतिमा १ सय १३ रनको योगफल खडा गरेको थियो ।
जसमा अन्जली चौधरीले ६ चौकाको मदतले सर्वाधिक ३९ बनाउदै अविजित खेलेकी थिईन । यसैगरी रमिता कुमारी मण्डलले १८ रन अविजित र चाँदनी ठाकुर १७ रन जोडेकी थिइन । बलिंङतर्फ सुरूङ्गा सरभाईवलका रमिता चौधरी र संगिता चौधरीले १÷१ बिकेट लिएका थिए ।
जवाफमा सुरूङ्गा सरभाईवलले २० ओभरमा ४ बिकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो । जसमा निरूता चौधरीले २९ रन र नविता चौधरी १३ रन बाहेक कुनै पनि खेलाडी दोहोरो अंक पार गर्न सकेनन् । बलिङतर्फ खडक कुईनसका मंजु राम, चाँदनी ठाकुर र आरती रामले समान्य १÷ १ बिकेट हात पारेका थिए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका खडक कुईनसका अन्जली चौधरी प्लेयर अफ दि म्याच घोषित भएको सप्तरी क्रिकेट संघले जनाएको छ ।
महिला क्रिकेट छनोट खेलमा खडक बिजयी
सारांश
- मंगलबारको खेलमा खडकले सुरूङ्गालाई २० रनले पराजित गर्दै जित हात पारेको हो ।
- टस जितेर खडकले ब्याटिंङ गर्दै निर्धारित २० ओभरमा २ बिकेटको क्षतिमा १ सय १३ रनको योगफल खडा गरेको थियो ।
- जसमा अन्जली चौधरीले ६ चौकाको मदतले सर्वाधिक ३९ बनाउदै अविजित खेलेकी थिईन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया