सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो 

राजविराज राजविराज
|
सोमबार, बैशाख १०, २०८१
|
|
३९ पटक हेरिएको
Shares
सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो 

सारांश

  •     परेमारास्थित लालमोहन सरदारको गाई गोठमा बालिएको चुल्होबाट दिउँसो ३ बजेतिर सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा १२ परिवारको २४ घर नष्ट भएका छन् भने लाखौंको धनमाल जलेको छ ।
  •     यो सँगै यो वस्तीमा छैठो पटक आगलगीको घटना भएको हो ।
  • यसअघि २०७६, २०७७, २०७८, २०७९ र २०८० मा समेत यो बस्तीमा आगलगीको घटना भएको स्थानीयहरुले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ९ बैशाख । 

    सप्तरीको कञ्चनरुप नगरपालिका ५ परेमारामा आइतवार दिउँसो भिषण आगलागि भएको छ । सो आगलागिमा १२ परिवारको २४ घर जलेर खरानी भएको छ । 
    परेमारास्थित लालमोहन सरदारको गाई गोठमा बालिएको चुल्होबाट दिउँसो ३ बजेतिर सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा १२ परिवारको २४ घर नष्ट भएका छन् भने लाखौंको धनमाल जलेको छ ।
    यो सँगै यो वस्तीमा छैठो पटक आगलगीको घटना भएको हो । यसअघि २०७६, २०७७, २०७८, २०७९ र २०८० मा समेत यो बस्तीमा आगलगीको घटना भएको स्थानीयहरुले बताएका छन् । 
    आगोले लालमोहन सरदार, आशा सरदार, लालबहादुर सरदार, विजली सरदार, त्रिभुवन सरदार, सुधिर सरदार, बिर बहादुर सरदार, रामबहादुर सरदार, श्यामबहादुर सरदार, समुन्द्री सरदार, करण चौधरी लगायत १२ परिवारलाई बेघर बनाएको छ ।
    आगलगीमा उनीहरुका २४ भन्दा बढी घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्योपानेले जानकारी दिए । 
    आगलगीमा परेका केही टिनका छाना भएका तथा फुँस र काठबाट बनेका घरहरु छन् । आगलगी पीडितहरु अहिले बाँसको पाल लगाएर बसेको भएपनि दिउँसैदेखि चलेको हावाहुरीले कतिपयको पाल उडाएपछि उनीहरुको व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक पहल थालेको कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले बताए । 
    आगो दुई घण्टाको प्रयासपछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा लिन कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको वारुण यन्त्रका साथै प्रहरी र स्थानीयवासी सक्रिय थिए । 
    आगलगीमा २ वटा चौपाया समेत जलेको प्रहरीले जानकारी दिएको छ । आगलगीमा करिब २४ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता न्यौपानेले बताए । 
    आगलगीको खबर पाए लगतै पुगेका कञ्चनरुप नगरपालिकाका मेयर गुप्ता, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल प्रहरीका प्रहरी उपरिक्षक गज्जुसिद्धि बज्राचार्य लगायतले अग्नि पिडितहरुसँग भेटी उनीहरुको व्यवस्थापनका लागि पहल थालेको जनाइएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झाको निधनले काँग्रेस स्तब्ध
झाको निधनले काँग्रेस स्तब्ध
राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
राजविराजका देवसहित चार जना खैरो हिरोइनसहित पक्राउ
बालवालिकालाई कुलतवाट जोगाउन  विभिन्न सचेतनामूलक कार्यक्रम आवश्यक
बालवालिकालाई कुलतवाट जोगाउन  विभिन्न सचेतनामूलक कार्यक्रम आवश्यक
बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास
बहुचर्चित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान  प्रतिष्ठानको प्रधानमन्त्रीद्वारा शिलान्यास
लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
यात्रुबाहक बस पल्टिदा १९ जना  यात्रु घाइते, दुईको अवस्था गम्भिर
यात्रुबाहक बस पल्टिदा १९ जना  यात्रु घाइते, दुईको अवस्था गम्भिर
विद्यालय भवनको मर्मत सम्भारका साथै द्रिष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्रि प्रदान
विद्यालय भवनको मर्मत सम्भारका साथै द्रिष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्रि प्रदान
‘खटर स्मृति पत्रकारिता पुरस्कार’ घोषणा
‘खटर स्मृति पत्रकारिता पुरस्कार’ घोषणा
शम्भुनाथमा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण
शम्भुनाथमा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी