दैनिक समाचारदाता
राजविराज, २ बैशाख ।
नेपाली काँग्रेस सप्तरी जिल्ला कार्य समितिका उपाध्यक्ष पदको विषयलाई लिएर विवाद उत्कर्षमा पुगेको छ ।
नेपाली काँग्रेस सप्तरीको निर्वाचनमा उपसभापती पद जितेका रामप्रसाद मंडललाई केन्द्रिय निर्वाचन समितिले प्रतिद्वन्दी बनाएपछि उक्त निर्णय सम्बन्धी पत्र जिल्लामा आएपछि संस्थापन पक्षले आन्दोलन गर्ने चेतावनी दिएको छ ।
संस्थापन पक्षका मण्डलसंग ६ मतले पराजित भएका भनिएका निकटतम प्रतिद्वन्दी डा.शेखर कोईराला पक्षका राम कुमार यादव मतगणनामा धाँधली भएको भन्दै पार्टीको केन्द्रीय निर्वाचन समितीमा पुर्नयोगका लागी उजुरी दिएका थिए । यादवको उजुरी पछि छानवीन शुरु गरेका केन्द्रीय निर्वाचन समितीले मतगणनामा प्रयोग गरिएका रजिष्टर र मतगणना सिट जाँच गर्दा मण्डलको १ हजार ५२ र यादवको १ हजार ५३ मत देखीएको भन्दै यादव १ मतले विजयी भएको ठहर गरेको छ ।
केन्द्रीय निर्वाचन समितिले गरेको निर्णयको भत्र्सना गर्दै संस्थापन पक्षले उक्त निर्णय बदरको माग गरेको छ । निर्णय बदर नगरिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।
संस्थापन पक्षबाट निर्वाचित उपसभापति फतेह मोहम्द, सचिव प्रभुनारायण चौधरी र सनत मण्डल, सहसचिवद्वय घनश्याम साह र मनोज कुमार खड्का, क्षेत्रीय सभापति ललन गुप्ता, भूपेन्द्रनारायण मण्डल र महानन्द प्रसाद यादव लगायतले विज्ञप्ती जारी गर्दै आन्दोलनको चेतावनी दिएका हुन् ।
विज्ञप्तीमा रामप्रसादलाई निर्वाचित गरी प्रमाण पत्र समेत प्रदान गरिसकेको अवस्थामा र कार्यवाहक निर्वाचन अधिकृत सन्तोष भण्डारीद्वारा पदभार ग्रहण समेत भइसकेको अवस्थामा केन्द्रीय निर्वाचन समितिले बदनियतपूर्ण ढंगले गलत निर्णय गरेको उल्लेख छ ।
केन्द्रीय निर्वाचन समितिले रामप्रसाद मण्डलको नाममा जारी भएको नेपाली कांग्रेस सप्तरी जिल्लाको उपसभापति पदको निर्चाचित भएको प्रमाण पत्र रद्द गर्दै दोस्रो बढी मत प्राप्त गरी निर्वाचित भएका यादवको नाममा उपसभापति पदको निर्वाचित भएको प्रमाण पत्र केन्द्रबाट नै जारी गरी उनलाई प्रदान गर्ने निर्णय गरेको छ ।
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी
सारांश
- नेपाली काँग्रेस सप्तरीको निर्वाचनमा उपसभापती पद जितेका रामप्रसाद मंडललाई केन्द्रिय निर्वाचन समितिले प्रतिद्वन्दी बनाएपछि उक्त निर्णय सम्बन्धी पत्र जिल्लामा आएपछि संस्थापन पक्षले आन्दोलन गर्ने चेतावनी दिएको छ ।
- संस्थापन पक्षका मण्डलसंग ६ मतले पराजित भएका भनिएका निकटतम प्रतिद्वन्दी डा.
- शेखर कोईराला पक्षका राम कुमार यादव मतगणनामा धाँधली भएको भन्दै पार्टीको केन्द्रीय निर्वाचन समितीमा पुर्नयोगका लागी उजुरी दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया