दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
१८औं गणतन्त्र दिवसको अवसर पारेर मधेश प्रदेश सरकारले सप्तरीका ५ सहित एक दर्जन पत्रकारलाई सम्मानित गरेको छ ।
मधेश प्रदेश सरकारको गृहसञ्चार तथा कानुन मन्त्रालयद्वारा बिहीवार जनकपुरमा आयोजित “शुभकामना आदान प्रदान तथा अभिनन्दन” कार्यक्रममा सप्तरीका ५ सहित मधेश प्रदेशका १३ जना प्रेस स्वतन्त्रता सेनानीबाट विभुषित पत्रकारहरुलाई नगद र कदरपत्रबाट सम्मानित गरिएको हो ।
गृह सञ्चार तथा कानुनमन्त्रीको जिम्मेवारी सम्हालेका राजकुमार लेखीको पहलमा पहिलो पल्ट मधेशका प्रेस स्वतन्त्रता सेनानीहरुलाई यसरी सम्मानित गरिएको हो । उनकै अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अथिती मुख्यमन्त्री सतिशकुमार सिंहले प्रेस स्वतन्त्रता सेनानीहरुलाई जनही ११ हजार नगद पुरस्कार तथा कदर पत्रबाट सम्मानित गरेका छन् ।
यसरी सम्मानित हुनेहरुमा सप्तरीका शिशु प्रसाद देवकोटा, रामनारायण देव, बैद्यनाथ झा, प्रकाश खतिवडा र देवराम यादव छन ।
यस्तै मधेश प्रदेश कै अन्य जिल्लाका अशोक रौनियार, राम भरत साह, विन्देश्वरी मण्डल, कुँवरकान्त झा, गोपाल बराल, इश्वरी काफ्ले, गया यादव र शत्रुघन नेपाल पनि सम्मानित भएका हुन ।
कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कर्णले पत्रकारिता विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
सारांश
- मधेश प्रदेश सरकारको गृहसञ्चार तथा कानुन मन्त्रालयद्वारा बिहीवार जनकपुरमा आयोजित “शुभकामना आदान प्रदान तथा अभिनन्दन” कार्यक्रममा सप्तरीका ५ सहित मधेश प्रदेशका १३ जना प्रेस स्वतन्त्रता सेनानीबाट विभुषित पत्रकारहरुलाई नगद र कदरपत्रबाट सम्मानित गरिएको हो ।
- गृह सञ्चार तथा कानुनमन्त्रीको जिम्मेवारी सम्हालेका राजकुमार लेखीको पहलमा पहिलो पल्ट मधेशका प्रेस स्वतन्त्रता सेनानीहरुलाई यसरी सम्मानित गरिएको हो ।
- उनकै अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अथिती मुख्यमन्त्री सतिशकुमार सिंहले प्रेस स्वतन्त्रता सेनानीहरुलाई जनही ११ हजार नगद पुरस्कार तथा कदर पत्रबाट सम्मानित गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया