राजविराज÷सामाजिक क्षेत्रमा क्रियाशिल धर्मी हल्फा महिला विकास क्लब सप्तरीले चौधरी आँखा अस्पतालको सहकार्य तथा छिन्नमस्ता गाउँपालिकाको समन्वयमा संचालन गरेको निशुल्क आँखा उपचार स्वास्थ्य शिविरबाट १ सय १७ जना बृद्धृबद्धाले दृष्टि पाएका छन् ।
मोतियाबिन्दु रोग लागेर आँखा नदेख्ने १ सय १७ जनाको शल्यक्रिया गरिएको र शल्यक्रियापछि उनीहरुले आँखा देख्न सक्ने भएको क्लबका अध्यक्ष इ. सूर्य नारायण यादवले बताएका छन् ।
शुक्रबार आयोजना गरिएको शिविरमा ३ सय ५१ जनाको उपचार गरिएकोमा त्यसमध्ये मोतियाबिन्दुका १ सय १७ जनाको सफल शल्यक्रिया गरिएको उपचारमा संलग्न चौधरी आँखा अस्पतालका डा. राजकुमार यादवले बताए । शिविरमा डा. यादवका साथै डा. रेणु बमजमसहित ८ जनाको चिकित्सिक टोलीले उपचार सेवा प्रदान गरेका थिए ।
आर्थिक अभावले उपचार गर्न असमर्थ भएका विपन्न परिवारलाई लक्षित गरि जिल्लाका विभिन्न स्थानमा बेला बेलामा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको सो संस्थाले बितेको एक वर्षमा १ हजार ६५ जनाको मोतियाबिन्दु शल्यक्रिया गराएको अध्यक्ष यादवले बताएका छन् ।
शिविरबाट एक सय १७ जना बुद्धबृद्धाले पाए दृष्टि
सारांश
- आर्थिक अभावले उपचार गर्न असमर्थ भएका विपन्न परिवारलाई लक्षित गरि जिल्लाका विभिन्न स्थानमा बेला बेलामा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको सो संस्थाले बितेको एक वर्षमा १ हजार ६५ जनाको मोतियाबिन्दु शल्यक्रिया गराएको अध्यक्ष यादवले बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया