सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी

राजविराज राजविराज
|
सोमबार, बैशाख १२, २०७९
|
|
७३ पटक हेरिएको
Shares
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी

सारांश

  •     सप्तरी सदरमुकाम राजविराजमा सबै राजनीतिक दलले शक्ती प्रर्दशन सहित आ–आफ्नो दलका उम्मेदवारको मनोनयन पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराएका हुन ।
  •       राजविराज नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसबाट मो.
  • इरसाद अन्सारी र उप–प्रमुखमा शुशिला यादवले उम्मेदवारी दर्ता गराएका छन ।

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
    आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी मनोनयन पत्र दर्ता गराउन सोमबार दोश्रो तथा अन्तिम दिन विभिन्न राजनीतिक दलहरुले उत्साहपुर्वक उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । 
    सप्तरी सदरमुकाम राजविराजमा सबै राजनीतिक दलले शक्ती प्रर्दशन सहित आ–आफ्नो दलका उम्मेदवारको मनोनयन पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराएका हुन । 
    राजविराज नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसबाट मो.इरसाद अन्सारी र उप–प्रमुखमा शुशिला यादवले उम्मेदवारी दर्ता गराएका छन । जनता समाजवादी पार्टीबाट प्रमुखमा भिमराज यादव र उपप्रमुखमा इसरत प्रविणले उम्मेदवारी दर्ता गराए । 
    जनता समाजवादी पार्टीबाट प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका यादव गत स्थानीयतहको निर्वाचनमा तत्कालिन राजपाका उम्मेदवार शम्भु प्रसाद यादवसँग १४ मतले पराजित भएका थिए । राजपाबाट उम्मेदवार भई जितेका शम्भु यादव भने यस पटक नेकपा माओवादी केन्द्रमा प्रवेश गरी पुनः त्यही पदमा उम्मेदवारी दिएका छन । सो पार्टीबाट उपप्रमुखमा प्रमिला साहको उम्मेदवारी परेको छ । 
    सिके राउत नेतृत्वको जनमत पार्टीले पनि पहिलो पटक राजविराज नगरपालिकामा आफ्नो उम्मेदवार उभ्याएको छ । उक्त पार्टीबाट प्रमुख पदमा ममता झा र उप प्रमुख पदमा साधना दासको उम्मेदारी परेको छ । प्रमुख र उपप्रमुख दुबै पदमा महिला उम्मेदवार प्रस्तुत गर्ने जनमत जिल्लामा मै पहिलो पार्टी बनेको छ । यस्तै नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदमा अनिल झा र उपप्रमुख पदमा सशिला कुमारी देवको उम्मेदवारी परेको छ । 
    नेकपा एकिकृत (समाजवादी)को तर्फबाट नगर प्रमुख पदमा नथुनी दास र उपप्रमुख पदमा ममता चौधरीले उम्मेदवारी दर्ता गराएका छन । यस्तै जनता प्रगतिशील पार्टीबाट नगर प्रमुखमा अशोक साह र उपप्रमुखमा रञ्जु यादवको उम्मेदवारी परेको छ ।
    राजविराज नगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागी राप्रपा र लोसपाका उम्मेदवारले अघिल्लो दिन नै उम्मेदवारी दर्ता गराएका थिए । मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीका अनुसार लोसपाबाट प्रमुख पदमा दिपेन्द्र चौधरी, उपप्रमुखमा साधना झा तथा राप्रपाबाट नगर प्रमुख पदमा उमेश प्रसाद साह र उपप्रमुखमा सरिता झाको उम्मेदवारी परेको छ । 
    यस्तै जिल्लाको ९ गाउँपालिका र ९ नगरपालिका गरी १८ स्थानीय तहमा पनि विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरुबाट उत्साहपुर्वक तथा शान्तिपुर्ण ढंगले मनोनयन कार्य भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
अस्पतालमा आगलागी, लाखौं मुल्य  बराबरको स्वास्थ्य उपकरण जले
अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
सप्तरीका पाँच जेष्ठ नागिरक सम्मानित
सप्तरीका पाँच जेष्ठ नागिरक सम्मानित
वेपत्ता दिदीबहिनी बृन्दावनमा भेटिइन्
वेपत्ता दिदीबहिनी बृन्दावनमा भेटिइन्
राष्ट्रिय मानव अधिकार आयोगद्वारा बजार अनुगमनमा कडाई, अधिकांश होटलहरुबाट म्याद गुज्रिएको चिसो पेय पदार्थ र मिसावट युक्त उपभोग्य सामाग्रि फेला 
राष्ट्रिय मानव अधिकार आयोगद्वारा बजार अनुगमनमा कडाई, अधिकांश होटलहरुबाट म्याद गुज्रिएको चिसो पेय पदार्थ र मिसावट युक्त उपभोग्य सामाग्रि फेला 
सवारी ज्यान मुद्दामा १५ दिन कैद  सजाय भएर फरार प्रतिवादी पक्राउ
सवारी ज्यान मुद्दामा १५ दिन कैद  सजाय भएर फरार प्रतिवादी पक्राउ
जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित वडाअध्यक्षसहित दुई जना कारागार चलान
डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित वडाअध्यक्षसहित दुई जना कारागार चलान