दैनिक समाचारदाता
राजविराज, १५ चैत ।
गत कात्तिक ६ गते करेन्ट लागेर एक युवकको मृत्यु भएको घटना बारे कंचनपुर इलाका प्रहरी कार्यालय सप्तरीले बुधबार उक्त घटना बारे खुलासा गरेको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दीपक कुमार रायले ६ महिना अघि करेन्ट लागेर मृत्यु भएको भनिएको घटनालाई अनुसन्धान गरि हत्या गरिएको खुलासा गरेका छन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले कंचनरूप नगरपालिका ३ दास टोल निवासी मृतककी श्रीमती कोसीला देवी दासले आफ्नी देउरानी र भाउजु नाता पर्ने एक अर्की महिलाको सहयोगमा पति ३७ वर्षीय शिव शंकर दासको हत्या गरेको खुलासा गरेको जनाएको छ ।
गत कात्तिक ६ गते बिहान ६ बजेको समयमा आफ्नै घरभित्र करेन्ट लगाएर शिवशंकरको हत्या गरेको दासले प्रहरी समक्ष वयान दिएको इलाका प्रहरी कार्यालय कंचनपुर डिएसपी दीपक कुमार रायले जानकारी दिए । प्रहरीले हत्यामा संलग्न शिव शंकरकी श्रीमति कोसीला देवी, भाई बुहारी हिरण देवी र भाउजु नाता पर्ने शान्ती देवी दासलाई सोही पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।
घटनाक्रम अनुसार शिव शंकर र कोसीला देवीले छोरीको विवाह गर्न र बिमा गर्नका लागि स्थानीय भाउजु नाता पर्ने शान्ती देवी दाससँग पहिलो पटक एक लाख रुपैया ऋण लिएका थिए । सो ऋण चुक्ता नहुदैँ शान्ती देवीले कोसीलालाई कन्भिन्स गरेर शिवशंकरको जीवन बिमा गर्न लगाएका थिए । नेपाल लाइफ ईन्स्योरेन्स र सिटिजन लाईफ ईन्स्योरेन्समा २०÷२० लाखको बिमा गर्न लाग्ने २ लाख प्रिमियम शुल्क समेत ऋणको रुपमा शान्तिले कोसीलालाई दिएकी थिइन् ।
विवाह र बिमा गर्न ३ लाख रुपैया दिएकी शान्तिले कौसीला र शिवशंकरलाई दैनिक रुपमा धाक धम्की र गाली गलौज गर्दै आएकी थिइन् । शान्तिले अदालतमा कपाली कागज लगाएर जग्गा जमिन समेत रोक्का गराएकी कोसीलाको ऋण तिर्न शिव शंकर र कोसीला देवीले असमर्थता देखाएका थिए । पछि शान्तीदेवीले शिव शंकरको हत्या गरे बिमा वापत ठूलो रकम आउने र सो रकमबाट ऋण पनि चुक्ता हुने र अरु रकमसमेत आउने कुर कोसीला देवीलाई सुझाव दिएकी थिइन् । सोही अनुसार शान्ती देवीले २०७९ साल कात्तिक ५ गते शिव शंकरलाई आफ्नो घरमा बोलाई अत्यधिक मादक पदार्थ सेवन गरी घरतर्फ पठाएकी थिइन् ।
मादक पदार्थले मातेर घर गएका शिव शंकर भान्सा कोठामा गएर सुतेका थिए । घरमा सुतेका बेला शान्ती देवीले आफ्ना पति शिव शंकरको बायाँ हातको साहिँली औंलामा तार बेरेर बिजुलीको लाइन दिएर करेन्ट लगाएको वयानमा बताएको डीएसपी रायले जानकारी दिए । घरमा करेन्ट लगाउने कार्यमा कोसीला देवीलाई देउरानी हिरण देवी दासले सहयोग गरेको डीएसपी रायले बताए । करेन्ट लगाएर शिवशंकरको हत्या गरेपछि कोसीला देवीले आफ्नो पतिको करेन्ट लागेर मृत्यु भएको प्रहरीमा खबर गरेको उनले बताए ।
डिएसपी रायका अनुसार कोसीलाले शिवशंकरको मृत्युपछि सिटिजन लाईफ ईन्स्योरेन्समा बिमा बापतको ४० लाख ३० हजार रकम समेत भुक्तानी लिइसकेका छन् । र, नेपाल लाइफ ईन्स्योरेन्समा गरेको बीमाको रकम समेत लिने अन्तिम तयारीमा रहेकी थिइन् ।
प्रहरीले जिल्ला अदालत सप्तरीबाट कर्तव्य ज्यान मुद्दामा तीनै जनालाई म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ । पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी प्रमुख नरेन्द्र कुमार कार्कीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिँदै अनुसन्धानपछि थप विवरण खुल्ने बताए ।
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
सारांश
- इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दीपक कुमार रायले ६ महिना अघि करेन्ट लागेर मृत्यु भएको भनिएको घटनालाई अनुसन्धान गरि हत्या गरिएको खुलासा गरेका छन् ।
- इलाका प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले कंचनरूप नगरपालिका ३ दास टोल निवासी मृतककी श्रीमती कोसीला देवी दासले आफ्नी देउरानी र भाउजु नाता पर्ने एक अर्की महिलाको सहयोगमा पति ३७ वर्षीय शिव शंकर दासको हत्या गरेको खुलासा गरेको जनाएको छ ।
- गत कात्तिक ६ गते बिहान ६ बजेको समयमा आफ्नै घरभित्र करेन्ट लगाएर शिवशंकरको हत्या गरेको दासले प्रहरी समक्ष वयान दिएको इलाका प्रहरी कार्यालय कंचनपुर डिएसपी दीपक कुमार रायले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया