दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
डेढ वर्ष अघि एक युवतीको अपहरण तथा शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा अदालतबाट कैद सजाय तोकी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ५ निवासी ४९ वर्षिय मो.इम्तियाज भन्ने इम्तियाज अहमद छन् ।
इम्तियाजलाई सप्तरी जिल्ला अदालतले उक्त मुद्दामा २०८० साल साउन ४ गते ८ वर्ष कैद सजाय हुने ठहर गरेको थियो । त्यस पछि फरार भएका उनलाई सोमवार गाउँ घर मै लुकीछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
फैसला कार्यान्वयका क्रममा पक्राउ परेका उनलाई मंगलवार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ५ निवासी ४९ वर्षिय मो.
- इम्तियाज भन्ने इम्तियाज अहमद छन् ।
- इम्तियाजलाई सप्तरी जिल्ला अदालतले उक्त मुद्दामा २०८० साल साउन ४ गते ८ वर्ष कैद सजाय हुने ठहर गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया