दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
राष्ट्रिय पोषण सप्ताहा अन्र्तगत सात दिने कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजना जेठ १ गतेदेखि ७ गते सम्म राष्ट्रिय पोषण सप्ताहा सम्पन्न भएको हो ।
जिल्लाका ६४ वटा समुदायिक बिद्यालयका छात्र÷छात्रा र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको सहभागितामा सम्पन्न पोषण सप्ताहा अन्तरगत बिद्यालय स्वास्थ्य पोषण सप्ताहा, हाजरी जवाफ प्रतियोगिता, पोषण प्रर्दशनी लगायतको कार्यक्रम गरिएको सेभ द सप्तरीका फिल्ड अफिसर बिष्णुकान्त देवले जानकारी दिएका छन् ।
राष्ट्रिय पोषण सप्ताहा अन्र्तगत पहिलो दिन पोषण प्रर्दशनी, दोश्रो दिन स्वास्थ्य शिक्षा, तेश्रो, चौथो र पाँचौ दिन कक्षा १ देखि कक्षा १० सम्मका छात्र÷छात्रा तथा बालबालिकाहरुलाई जुकाको औषधी (एलबेन्डा जोल) खुवाइएको उनले बताए । सोही क्रममा स्वास्थ्य जाँच समेत गरिएको तथा अतरिक्त क्रियाकलाप र बिभिन्न बिद्यालयको सरसफाई समेत गरिएको उनले बताए ।
सो अभियान अन्र्तगत छैठों दिन बिद्यालय स्तरमा प्राथमिक तहका छात्र÷छात्राहरुलाई सहभागिता गराई हाजरी जवाफ प्रतियोगिता गर्नुको साथै सातौ दिन पालिकास्तरीय हाजरीजवाफ प्रतियोगिताको आयोजना गरि प्रथम, द्धितिय, तृतिय हुनेहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो ।
प्रथम हुने समूहलाई तिन खाना भएको टिफिन, दोश्रो हुनेलाई दुई खानाको टिफिन र तेश्रो हुनेलाई पानी खाने बोतल प्रदान गरिएको छ भने सान्त्वना पुरस्कार पाउनेलाई दातमाझ्ने ब्रस र एउटा पेस्ट प्रदान गरिएको सेभ द सप्तरीका सुपरभाइजर मोनीका मिश्रले जानकारी दिए ।
सो कार्यक्रममा छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र बिष्णुपुर गाउँपालिका तथा राजविराज नगरपालिकाको करिब ६ वटा वडाका सामुदायिक बिद्यालयका शिक्षक, शिक्षिका, बालबालिका र स्वास्थ्य चौकीका स्वास्थकर्मीहरुको सहभागिता रहेको थियो ।
त्यस्तै सेभ द सप्तरीका सचिव नरेन्द्र यादव, सेभ द सप्तरीका फिल्ड औफिसर घुरण यादव, ललिता मण्डल, सुपरभाइजर मोनीका मिश्र, समुदायिक परिचालक मिठु झा, कासिन्द्र खंग, जितेन्द्र प्रसाद देव, राम कुमार राम, बिनिता यादव लगायतकाले कार्यक्रमको अनुगमन गरेका थिए ।
विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न
सारांश
- सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजना जेठ १ गतेदेखि ७ गते सम्म राष्ट्रिय पोषण सप्ताहा सम्पन्न भएको हो ।
- जिल्लाका ६४ वटा समुदायिक बिद्यालयका छात्र÷छात्रा र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको सहभागितामा सम्पन्न पोषण सप्ताहा अन्तरगत बिद्यालय स्वास्थ्य पोषण सप्ताहा, हाजरी जवाफ प्रतियोगिता, पोषण प्रर्दशनी लगायतको कार्यक्रम गरिएको सेभ द सप्तरीका फिल्ड अफिसर बिष्णुकान्त देवले जानकारी दिएका छन् ।
- राष्ट्रिय पोषण सप्ताहा अन्र्तगत पहिलो दिन पोषण प्रर्दशनी, दोश्रो दिन स्वास्थ्य शिक्षा, तेश्रो, चौथो र पाँचौ दिन कक्षा १ देखि कक्षा १० सम्मका छात्र÷छात्रा तथा बालबालिकाहरुलाई जुकाको औषधी (एलबेन्डा जोल) खुवाइएको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया