दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
राजबिराज नगरपालिकाले नगरभित्रका अपांगता भएका ब्यक्तिहरूलाई बुधबारदेखी परिचयपत्र बितरण कार्य सुरू गरेको छ ।
राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादब तथा उपप्रमुख साधना झाले संयुक्त रूपमा राजबिराज वडा नं. १ का शारीरिक रूपमा अशक्त भएका ३ बर्षिय बालक भरतकुमार यादबलाई रातो कार्ड बितरण गरि कार्यको सुरुवात गरेका छन् ।
राजबिराज नगर कार्यपालिकाको माघ १४ गतेको बैठकको निर्णयबाट सबै प्रकारका अपांगता ब्यक्तीहरूको अधिकार सम्बन्धी ऐन ०७४ को दफा ४२ अनुसार अपांगता परिचय पत्र कार्ड बितरण गर्न कार्य अगाडी बढाएको नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत राजेशकुमार राजले जानकारी दिएका छन् ।
यसैगरी राजबिराज ४ का अमरदेब ठाकुरले पहेलो, राजबिराज १४ का चन्द्रप्रभा देबीले सेतो कार्ड र राजबिराज ९ का निशा कुमारी दासलाई पहेलो कार्ड बितरण गरिएको छ ।
अपांगताको बर्गिकरणको आधारमा राजयबाट पाउने सेवा सुबिधाहरूलाई चार बर्गमा विभाजन गरिएको छ ।
अपांगताको बर्गिकरण अनुसार क बर्गमा पुर्ण अशक्त अपांगताले रातो कार्ड पाउनेले मासिक २ हजार भत्ता पाउने छ भने ख बर्गमा अतिअशक्त अपांगताले निलो कार्ड पाउनेले मासिक ६ सय सहित राज्यले निर्धारण गरेको सबै सुबिधा पाउने समाजिक शाखा प्रमुख देबिता यादबले बताईन ।
त्यस्तै ग बर्गमा मध्य अपांगता भनेको पहेलो कार्ड पाउनेले नेपाल सरकारले अपांगता भएका ब्यक्तीहरूलाई छुटयाईएको सबै सुबिधाहरू प्राप्त गर्न सक्छ भने घ बर्ग भनेको समान्य अपांगताले राज्यवाट सबै सुबिधा पाउने छ ।
यस अघि महिला तथा बालवालिका कार्यलयबाट सबै प्रकारका अपांगता भएका ब्यक्तीहरूको परिचयपत्र बितरण भईरहेको थियो । तर, हाल नेपाल सरकारको निर्णय अनुसार प्रत्येक स्थानिय तहवाट अपांगता परिचयपत्र बितरण प्रक्रियालाई अगाडी बढाएको समाबेशी अपांग सँघका अध्यक्ष सतिशचन्द्र झाले बताए ।
सो अवसरमा उपप्रमुख साधना झा, निमित प्रमुख प्रशासकिय अधिकृत राजेश कुमार राज, वडा अध्यक्ष अरूण यादब, संजय यादब, जयनारायण मण्डल, प्रेम कुमार यादब, समाजिक शाखा प्रमुख देबिता यादब, बरिष्ठ पत्रकार शिबहरी भटराई, पत्रकार चन्दनकुमार यादबलगायतको उपस्थिति रहेको थियो ।
राजविराज नगरपालिकाद्वारा अपाङ्गतालाई परिचयपत्र बितरण सुरू
सारांश
- राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादब तथा उपप्रमुख साधना झाले संयुक्त रूपमा राजबिराज वडा नं.
- १ का शारीरिक रूपमा अशक्त भएका ३ बर्षिय बालक भरतकुमार यादबलाई रातो कार्ड बितरण गरि कार्यको सुरुवात गरेका छन् ।
- राजबिराज नगर कार्यपालिकाको माघ १४ गतेको बैठकको निर्णयबाट सबै प्रकारका अपांगता ब्यक्तीहरूको अधिकार सम्बन्धी ऐन ०७४ को दफा ४२ अनुसार अपांगता परिचय पत्र कार्ड बितरण गर्न कार्य अगाडी बढाएको नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत राजेशकुमार राजले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया