दैनिक समाचारदाता
राजविराज, ३० असोज ।
राजविराजस्थित राष्ट्रिय प्राथमिक विद्यालय राजदेवीमा केही दिनदेखि जमेको पानीको निकास हुन नसक्दा बिद्याथीहरू समस्यामा परेका छन् ।
राजबिराज नगरपालिका वडा नं. २ राजदेबी चौकस्थित रहेको विद्यालयमा पानी जम्दा बालवालिकाहरूलाई बिद्यालय आउन जान समस्या उत्पन्न भएको हो ।
सो बिद्यालयको कम्पाउन्डमा साउन महिनादेखीको पानी निकास हुन नसक्दा कम्पाउण्ड भित्र बालवालिकाहरूलाई टिफिन भएको बेला खेलकुद गर्न सकिरहेका छैनन् ।
बालवालिकाहरू कक्षाकोठा भित्रै बसेर टिफिन खान र खेलकुद गर्न बाध्य भएको बिद्यालयका प्रअ सुचिता कुमारी साहले बताईन ।
खेल मैदानमा जमेको पानी निकास गर्न सम्बन्धी निकायलाई बारम्वार आग्रह गरिएपनि अहिलेसम्म पानी निकास हुन नसकेको प्रअ साहले गुनासो पोखिन ।
प्रअ साहले बिद्यालय अगाडिको कम्पाउन्डमा पानीको निकास गरी माटो हाली दिए तत्काल समस्याको समाधान हुने र वालवालिकाहरूलाई आवतजावत सँगै खेलकुद गर्न सहज हुने जिकिर गरिन् । हाल सो विद्यालयमा ६५ जना छात्रछात्राहरू अध्ययनरत छन ।
राप्रावि राजदेवीमा बर्षाको पानी निकास नहुदाँ बालबालिकाहरू समस्यामा
सारांश
- राजबिराज नगरपालिका वडा नं.
- २ राजदेबी चौकस्थित रहेको विद्यालयमा पानी जम्दा बालवालिकाहरूलाई बिद्यालय आउन जान समस्या उत्पन्न भएको हो ।
- सो बिद्यालयको कम्पाउन्डमा साउन महिनादेखीको पानी निकास हुन नसक्दा कम्पाउण्ड भित्र बालवालिकाहरूलाई टिफिन भएको बेला खेलकुद गर्न सकिरहेका छैनन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया