खेलकुद कार्यालयमा ताला लगाइएको दुई सय दिन बित्यो

राजविराज राजविराज
|
बिहिबार, मंसिर २६, २०७६
|
|
५० पटक हेरिएको
Shares
खेलकुद कार्यालयमा ताला लगाइएको दुई सय दिन बित्यो

सारांश

  •     समितिका उपाध्यक्ष धिरेन्द्र बर्मा धिरुको नेतृत्वमा बहुमत पदाधिकारीले विभिन्न ३ बुँदे माग राखी गत जेठ ७ गते समितिको मुल गेटमै तालाबन्दी गरेका थिए ।
  •       नेपालकै ईतिहासमा सम्भवत असन्तुष्टीको विषयलाई लिएर कुनै कार्यालयमा यती लामो समय सम्म तालाबन्दी गरिएको पहिलो पटक हो ।
  • ६ महिना अघि लगाईएको ताला खोल्ने÷खेलाउने तर्फ कुनै पनि निकायबाट हालसम्म पहल हुन सकेको छैन ।

दैनिक समाचारदाता
राजविराज, २६ मंसिर । 
    राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा समितिकै केही पदाधिकारीद्वारा लगाईएको तालाबन्दी विहिबार दुई सय दिन पुगेको छ । 
    समितिका उपाध्यक्ष धिरेन्द्र बर्मा धिरुको नेतृत्वमा बहुमत पदाधिकारीले विभिन्न ३ बुँदे माग राखी गत जेठ ७ गते समितिको मुल गेटमै तालाबन्दी गरेका थिए । 
    नेपालकै ईतिहासमा सम्भवत असन्तुष्टीको विषयलाई लिएर कुनै कार्यालयमा यती लामो समय सम्म तालाबन्दी गरिएको पहिलो पटक हो । ६ महिना अघि लगाईएको ताला खोल्ने÷खेलाउने तर्फ कुनै पनि निकायबाट हालसम्म पहल हुन सकेको छैन । 
    जसकारण खेलकुद गतिविधि र कार्यालयको दैनिकी कामकाज पूर्ण रुपमा ठप्प रहेको छ । लामो समयको तालाबन्दीकै कारण पूर्वाधार निर्माणका लागी आएको ३५ लाखको बजेट पनि फ्रिज भएर गएको छ । 
    तालाबान्दी कै कारण यहाँ कार्यरत कर्मचारी र प्रशिक्षक बेकामे मात्र भएका होइनन् । तलब खान पनि महिनै पिच्छे विराटनगरस्थित पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समिति पुग्न बाध्य छन् । 
    समितिका सवै पदाधिकारी सत्ताधारी दल नेकपा पार्टीद्वारा नै मनोनित गरिएका हुन् । तर पदाधिकारी नै दुई गुटमा विभाजित भएपछि विवाद र तालाबन्दी लम्बीदै गएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
आन्दोलनरत चार दलले जलाए नगरप्रमुखको पुतला 
आन्दोलनरत चार दलले जलाए नगरप्रमुखको पुतला 
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर
लागु औषधसहित दुई पक्राउ
लागु औषधसहित दुई पक्राउ
राजपाद्वारा घटना बारे पत्ता लगाउन सप्तरी संयोजकलाई निर्देशन, नक्कली उपभोक्ता समिति बनाएर २५ लाख कुम्ल्याउन खोजेको  आरोपमा राजपा केन्द्रिय सदस्यद्वय यादव र मण्डल पक्राउ
निर्वाचन दिवसको अवसरमा वक्तृत्वकला
निर्वाचन दिवसको अवसरमा वक्तृत्वकला
जग्गा विवादमा कुटपिट हुँदा देवर भाउजु घाइते
जग्गा विवादमा कुटपिट हुँदा देवर भाउजु घाइते
चुरे जोगाउन वन कार्यालयद्वारा बिरुवा रोपिदै 
चुरे जोगाउन वन कार्यालयद्वारा बिरुवा रोपिदै 
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद 
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद 
वडा नं. ६ को कार्यालय भवन शिलान्यास
वडा नं. ६ को कार्यालय भवन शिलान्यास